२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणहिटीमा बतासका संरचना भत्काउन सुरु



अ+ अ-

काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा बतास समूहले बनाउँदै गरेको क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालनका लागि बनाउन लागिएको संरचना आज शुक्रबार भत्काउन सुरु गरिएको छ । 

बिहानैदेखि नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिले १२ जना कामदार खटाएर ती संरचना भत्काउन थालेको हो । अहिलेसम्म जस्तापाता, वरिपरिको पर्खाल र तारजालीको बार गरी अधिकांश संरचना भत्काइसकिएको जनाइएको छ । 

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी दरबार सङ्ग्रहालयभित्रै रेस्टुरेन्ट बनाउने काम तत्कालका लागि रोकेको थियो ।  मन्त्री प्रेम आलेले अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य रोक्न नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिलाई निर्देशन दिनुभएको थियो ।