१२ असार २०८३, शुक्रबार
,
Latest
राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

समन्वय समितिको बैठक: संसद सुचारु गर्नेबारे प्रधानमन्त्रीले एमाले अध्यक्षसंग छलफल गर्ने



अ+ अ-

काठमाडौ  । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसदको गतिरोध  हटाउने  नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी नेता केपी शर्मा ओलीसँग निर्णायक संवाद गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आग्रह गरेको छ । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक रामचन्द्र पौडेको अध्यक्षतामा बसेको बैठकले  संसद सुचारु गर्नु सरकारको जति कर्तव्य छ, प्रतिपक्षको पनि त्यत्तिकै भुमिका र कर्तव्य रहेका कारण  संसदलाई सुचारु गर्नका निमित्त पहल गर्ने निर्णय गरेको हो । बैठकले यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मा दिने तय गरेको छ ।

बैठकले अवरुद्ध संसदलाई सुचारु गराउनका निम्ति पहल गर्ने निर्णय गरेको हो । बैठकको निर्णय बारे जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसद अवरुद्ध हुनु कुनैपनि हिसाबले उचित नभएको बताउनुभयो । संसद सुचारु गर्न सरकारको जति नै भुमिका र कर्तव्य प्रतिपक्षको पनि हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘आज प्रधानमन्त्रीको उपस्थितिमा रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको पाँच दलीय गठबन्धनको संयन्त्रले मुल रुपमा माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनको बारेमा छलफल केन्द्रीत गरेको छ । र यो बैठक हिजोकै बैठकको निरन्तरता रहेको छ । र अर्को विषय संसद लामो समयदेखि अवरुद्ध छ । यसरी संसद अवरुद्ध हुनु हरेक हिसाबले उचित होइन । त्यसैले संसदलाई सुचारु गर्ने बारेमा पनि छलफल भएको छ । संसद सुचारु गर्नु सरकारको जति कर्तव्य छ, प्रतिपक्षको पनि त्यत्तिकै भुमिका र कर्तव्य रहन्छ । त्यसैले संसदलाई सुचारु गर्नका निमित्त पहल गर्ने निर्णय भएको छ ।’

यसैगरी समितिको बैठकमा माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनको सम्बन्धमा पनि छलफल गरिएको उहाँले जानकारी दिनुभयो । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ मन्त्री कार्कीले राष्ट्रिय सभा निर्वाचनको निम्ति गठबन्धनले समिति बनाएको र समितिले काम सुचारु गर्ने पनि बताउनुभयो ।