२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साइकल चढेर पर्यटक आउँदैनन्, जहाज चाहिन्छः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पर्यटन क्षेत्रको विकासका राम्रा सम्भावनाहरु रहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बतउनुभएको हो ।

उहाँले नेपालले पर्यटक ल्याउँछु भन्दै गर्दा केही कुरामा ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले साइकल चढेर कोही पर्यटकहरु नआउने र त्यसका लागि जाज किन्न जरुरी रहेको बताउनु भयो । उहाँले राम्रा विमानस्थलहरु आवश्यक रहेको र जहाज चढ्ने वातावरण जरुरी रहेको बताउनु भयो । पर्यटन क्षेत्र फस्टाउन पर्यटकमैत्री वातावरण जरुरी रहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘पर्यटन क्षेत्रको विकासका राम्रा सम्भावनाहरु नेपालमा छन् । दुई चार वटा कुरामा ध्यान दिनुपर्छ । साइकल चढेर कोही आउँदैन । जहाज चाहिन्छ । राम्रा एयरपोर्ट चाहिन्छन् । राम्रा प्लेन चाहिन्छ । प्लेन चढ्ने वातावरण चाहिन्छ । टुरिजम फस्टाउने, टुरिस्टमैत्री वातावरण चाहिन्छ । टुरिस्ट किन आउने भन्नेकुरा उनीहरुले थाहा पाउनुपर्छ । मान्छेले देख्नु भनेको सामान्य कुरा होइन । कहिले कहिले देख्नु भनेको असामान्य कुरा हो ।’

प्रधानमन्त्री ओलीले पैसा कमाएर मात्रै नहुने भन्दै पैसा पनि राम्रो ठाउँमा खर्च गर्नुपर्ने बताउनु भयो ।