२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भगवान शिव चाम्लिङ हुनसक्छन्ः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बतउनुभएको हो ।

उहाँले शिवजीले खेलेका ओडारहरुलाई अहिले हलेसी भन्ने गरिएको बताउनु भयो । हलेसी भएको क्षेत्र चाम्लिङको थलो भएको बताउँदै भगवान शिव पनि चाम्लिङ हुनसक्ने उहाँको अनुमान छ । तर आफूले दाबी भने नगरेको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘वेदव्यास यहीँ तनहुँका थिए । कपिलमुनी त्यहाँ कपिलवस्तुका थिए । सिद्धार्थ गौतम (गौतम बुद्ध) लुम्बिनीका थिए । शिवजीले खेलेका ओडारहरु जसलाई हलेसी भन्छौँ । शिवजी चाम्लिङ थिए की के हो जस्तो लाग्छ कहिले काहीँ । त्यो चाम्लिङको थलो हो । हलेसी भनेको चाम्लिङको थलो हो । शिवजी चाम्लिङ पनि हुनसक्छन् । म दाबी गर्दिन त्यसमा, मेरो कुनै दाबी होइन । तर अनुमान हो । अथवा अरु पनि हुनसक्छ । माइग्रेट अरु चिजले मिक्सअप भएको पनि हुनसक्छ । तर भेग त्यही हो । ’

प्रधानमन्त्री ओलीले वेदव्यास, कपिलमुनी, गौतम बुद्ध नेपालमै जन्मिएको बताउनु भयो ।