८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गीतसंगीत नागरिकको मन, मुटु छुने क्षेत्र होः सभामुख घिमिरे



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले गीतसंगीत नागरिकको मन, मुटु छुने क्षेत्र भएको बताउनुभएको छ ।

आईतवार छिन्नलता गीत पुरस्कार गुठीले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बोलेका कुराहरु त्यति प्रभावकारी नहुने तर त्यसैलाई गीत, संगीतको माध्यमबाट प्रश्तुत गर्दा प्रभावकारी बन्ने बताउनु भयो । उहाँले गीत संगीत स्मरणमा रही रहने क्षेत्र भएको बताउनु भयो । हरेक कुरालाई जनसमुदायमा प्रभावकारी ढंगबाट लैजाने माध्यम नै गीत, संगीत भएको बताउनु भयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘हामीले बोलेका र गरेका कुराहरु प्रभावकारी हुँदैनन् । तर तिनै कुराहरुलाई संगीतको माध्यमबाट, गीतको माध्यमबाट लैजाँदा स्मरणमा रही रहन्छन् र प्रभावकारी ढंगबाट मन मष्तिष्कलाई छुन सक्छ । मुटुलाई र दिमागलाई छुन सक्छ । जनसमुदायमा प्रभावकारी ढंगबाट लैजाने विधाहरुमध्ये सबैभन्दा ठूलो संगीत र गीतको विधा हो । त्यसपछि कविता लगायत अन्य कुराहरु हो ।’

सभामुख घिमिरेले वरिष्ठ गीतकार श्रीमती रमोलादेवी शाह ‘छिन्नलता’ को १०३ औं जन्मजयन्तीको अवसरमा ४३ औं छिन्नलता गीत पुरस्कार समर्पण समेत गर्नुभयो । छिन्नलता गीत पुरस्कारबाट यस वर्ष गीत रचना राजेन्द्र रिजाल, संगीत सिर्जना अच्युतप्रसाद फुयाल, संयुक्त गायनबाट रामभक्त जोजिजू र इतु जोजिजू, युवा प्रतिभा पुरस्कारबाट एसडि योगीलाई सम्मान गर्नुभयो ।