१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गीतसंगीत नागरिकको मन, मुटु छुने क्षेत्र होः सभामुख घिमिरे



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले गीतसंगीत नागरिकको मन, मुटु छुने क्षेत्र भएको बताउनुभएको छ ।

आईतवार छिन्नलता गीत पुरस्कार गुठीले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बोलेका कुराहरु त्यति प्रभावकारी नहुने तर त्यसैलाई गीत, संगीतको माध्यमबाट प्रश्तुत गर्दा प्रभावकारी बन्ने बताउनु भयो । उहाँले गीत संगीत स्मरणमा रही रहने क्षेत्र भएको बताउनु भयो । हरेक कुरालाई जनसमुदायमा प्रभावकारी ढंगबाट लैजाने माध्यम नै गीत, संगीत भएको बताउनु भयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘हामीले बोलेका र गरेका कुराहरु प्रभावकारी हुँदैनन् । तर तिनै कुराहरुलाई संगीतको माध्यमबाट, गीतको माध्यमबाट लैजाँदा स्मरणमा रही रहन्छन् र प्रभावकारी ढंगबाट मन मष्तिष्कलाई छुन सक्छ । मुटुलाई र दिमागलाई छुन सक्छ । जनसमुदायमा प्रभावकारी ढंगबाट लैजाने विधाहरुमध्ये सबैभन्दा ठूलो संगीत र गीतको विधा हो । त्यसपछि कविता लगायत अन्य कुराहरु हो ।’

सभामुख घिमिरेले वरिष्ठ गीतकार श्रीमती रमोलादेवी शाह ‘छिन्नलता’ को १०३ औं जन्मजयन्तीको अवसरमा ४३ औं छिन्नलता गीत पुरस्कार समर्पण समेत गर्नुभयो । छिन्नलता गीत पुरस्कारबाट यस वर्ष गीत रचना राजेन्द्र रिजाल, संगीत सिर्जना अच्युतप्रसाद फुयाल, संयुक्त गायनबाट रामभक्त जोजिजू र इतु जोजिजू, युवा प्रतिभा पुरस्कारबाट एसडि योगीलाई सम्मान गर्नुभयो ।