१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

आगामी नोभेम्बरमा दक्षिण कोरियामा नेपाल-कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी

आगामी नोभेम्बरमा दक्षिण कोरियामा नेपाल-कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी
अ अ+ अ-

काठमाडौँ। एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा नेपाल–कोरिया सांस्कृतिक, पर्यटन तथा शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कम्पनीकी अध्यक्ष सत्यकला तामाङ लामाले आगामी नोभेम्बरमा दक्षिण कोरियामा विशेष कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

अध्यक्ष लामाले भन्नुभयो, “नेपाल र दक्षिण कोरियाबीच सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवर्द्धन, नेपाली खाना तथा सामग्री प्रदर्शनीका साथै शैक्षिक तथा श्रमबारे बहस गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो, यसले दुई देशबीचको सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा छ ।”

वर्ल्ड पिस युनियन र सर्भिस ओरियन्टेट इन्टरएक्टिभ भिडियो एप्लिकेसनको सहकार्यमा आयोजना हुने कार्यक्रममा नेपाली राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति रहनेछ ।

पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक फूर्वा ग्याल्बो मोक्तान (थुप्तेन)ले कार्यक्रमले दुई देशबीचको सम्बन्ध विस्तारका साथै नेपालमा पर्यटक बढाउनका लागि पनि सहयोग पुग्ने बताउनुभयो । “दक्षिण कोरिया र नेपालबीच लामो समयदेखि कूटनीतिक सम्बन्ध रहिआएको छ, यस कार्यक्रमले दक्षिण करियामा नेपालको पर्यटन तथा संस्कृति प्रवर्द्धन हुनुका साथै दुई देशबीचको सम्बन्ध थप बलियो हुनेछ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपालमा उत्पादन भएका सामानहरु प्रदर्शनीमा राखिनेछ भने व्यवसायीहरुबीच व्यावसायिक साझेदारीको अवसर पनि सृजना हुने जनाइएको छ । पत्रकार सम्मेलनमै उक्त कार्यक्रमका लागि वर्ल्ड पिस युनियन अर्गनाइजेसन, वर्ल्ड पिस एम्ब्यासडरका नेपाल गुडविल एम्ब्यास्डर योसेफ काङ र आयोजक कम्पनीका अध्यक्ष लामाबीच सम्झौता समेत भएको थियो ।

वर्ल्ड पिस एम्ब्यासडरका नेपाल गुडविल एम्ब्यास्डर योसेफ काङले आफू यहाँ विश्व शान्तिका लागि आएको उल्लेख गर्दै आगामी नोभेम्बरमा हुन लागेको यस कार्यक्रमले दुई देशबीचको सम्बन्ध विकासमा सहयोग गर्ने बताउनुभयो । “उक्त कार्यक्रम दुई देशबीचको सम्बन्ध विस्तारमा सेतु बन्ने विश्वास छ, हामीले विभिन्न देशमा यसप्रकारका कार्यक्रम गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “कोरियामा नेपाली खाना, संस्कृति र पर्यटन तथा व्यापार विस्तारमा कार्यक्रम माध्यम बन्नेछ ।”

त्यस अवसरमा दक्षिण कोरियास्थित चुङवुन विश्वविद्यालय र सोल जाङसिङ विश्वविद्यालयका प्राध्यापक सोङसुक चोले दक्षिण कोरिया उच्च शिक्षा लिन चाहने नेपाली विद्यार्थीका लागि राम्रो गन्तव्य भएको बताउनुभयो ।

कार्यक्रममा नेपाली र कोरियाका कलाकारबीच साङ्गीतिक आदानप्रदान, सांस्कृतिक प्रदर्शनी, परम्परागत खाना र पहिरनको शोकेसिङ, समूहगत छलफल तथा युनेस्को सम्पदास्थलहरूको प्रवर्द्धनलगायतका गतिविधि समावेश हुने जनाइएको छ । कम्पनीले यसअघि जापान, दुवई र चीनमा यसप्रकारका कार्यक्रम आयोजना गरिसकेको छ । रासस