८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

पुटिनसँग रिसाएपछि ट्रम्पले जेलेन्स्कीलाई दिए खतरनाक हतियार !

पुटिनसँग रिसाएपछि ट्रम्पले जेलेन्स्कीलाई दिए खतरनाक हतियार !
अ+ अ-

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा कुराकानी गरेको जानकारी गराए । जेलेन्स्कीले कुराकानी धेरै राम्रो भएको बताए ।

साथै, ट्रम्पले युक्रेनलाई हरसम्भव सहयोग गर्ने बारेमा पनि कुरा गरेका छन् । ‘राष्ट्रपति ट्रम्प र मेरो बीचमा राम्रो कुराकानी भयो ।’ उनले भने ।

शुक्रबार युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग कुरा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई आफ्नो रक्षा गर्न प्याट्रियट मिसाइलको आवश्यकता पर्ने बताए ।

ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लडाईं अन्त्य गर्न नसकेकोमा निराशा पनि व्यक्त गरे । हालै राष्ट्रपति ट्रम्पले युक्रेनलाई ‘प्याट्रियट मिसाइल प्रणाली’ को सख्त आवश्यकता रहेको बताएका छन् ।

‘प्याट्रियट मिसाइल प्रणाली’ अमेरिकाको सबैभन्दा उन्नत वायु रक्षा प्रणाली हो । यो रेथियन टेक्नोलोजी कम्पनीले बनाएको हो । यो प्रणालीले शत्रुको हवाई आक्रमणबाट बचाउन एक प्रकारको ‘एयर कवच’ जस्तै काम गर्छ ।

यो वायु रक्षा प्रणालीले ५,००० किलोमिटरको दूरीसम्म आफ्नो लक्ष्य ट्र्याक गर्न सक्छ र प्रति घण्टा ५,८०० किलोमिटरभन्दा बढीको गतिमा आक्रमण गर्न सक्छ । यसलाई वायु रक्षा प्रणालीको ‘ब्रह्मास्त्र’ पनि भनिन्छ ।

ट्रम्पले पत्रकारहरूलाई भने कि उनी पुटिनसँगको आफ्नो अन्तिम कलबाट खुसी थिएनन् । ‘पुटिन युद्ध जारी राख्न र मानिसहरूलाई मारिरहन चाहन्छन् जस्तो देखिन्छ । त्यो राम्रो होइन । म यसबाट खुसी छैन’, उनले भने ।