१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद सुवालको टिप्पणीः विदेशमा निजी बैंकको शाखा खोल्न दिए ‘चोरलाई चौतारो’ हुन्छ



अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशमा निजी बैंकको शाखा खोल्न दिए चोरलाई चौतारो हुने टिप्पणी गर्नुभएको छ ।

आईतवारको अर्थ समितिमा भएको बैंक तथा वित्तीय संस्थासम्बन्धि बाफिया विधेयकको छलफलमा भाग लिदै उहाँले यस्तो बताउनुभएको हो । सरकारी बैंकलाई दिने की निजी बैंकलाई शाखा खोल्न दिने बाफियामा प्रष्ट नभएको भन्दै निजीलाई दिए त्यो खतरनाक हुने बताउनु भयो । उहाँकाअनुसार बैंकलले गरेको अनुगमनका प्रतिवेदन गोप्य राख्न नहुने बताउनु भयो ।  सांसद सुवालकाअनुसार अनुगमन गरेका प्रतिवेदन सार्वजनिक गर्नुपर्छ  ।

उहाँले भन्नुभयो– ‘बैंकको शाखा विदेशमा खोल्न दिनुपर्ने व्यवस्था प्रश्ताव गरिएको रहेछ । निजी बैंकको शाखा खोल्न दिए चोरलाई चौतारो हुन्छ ।  विदेशी बैंकमा खाता खोल्न पनि दिनुहुँदैन । जिल्लाका बैंकमा खाता खोल्ने, कर्जा लिने वातावरण बनाउनुपर्छ ।’

उहाँकाअनुसार फौजदारी अभियोग लागेकाहरुलाई सार्वजनिक ठाउँमा जान दिनु हुँदैन । फौजदारी अभियोगमा पुष्टी भएपछि सार्वजनिक पदमा जान दिनु भनेको अपराध गर्न प्रोत्साहन गर्नु रहेको उहाँको भनाई छ ।