१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

थारुबस्तीमा माघीको तयारी गर्न भ्याइनभ्याई

थारुबस्तीमा माघीको तयारी गर्न भ्याइनभ्याई
अ अ+ अ-

दाङ । युवती घर लिपपोतमा व्यस्त छन् । पुरुष माघीका लागि मासुको जोहो गर्ने तर्खरमा जुटेका छन् । भाँडाकुँडा सबै सफा पारिएका छन् । बिहीबार तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित थारु बस्तीमा पुग्दा  सबै जना माघीको तयारीमा जुटेका देखिन्थे ।

थारु जातिको सबैभन्दा मुख्य पर्व माघीको रौनक अहिले रजौराको थारु गाउँमा मात्र होइन जिल्लाका सबै थारु बस्तीमा बढेको छ । माघी आउन अब एक साता मात्र बाँकी छ । थारु समुदायका महिला तथा पुरुष आ–आफ्नै काममा व्यस्त छन् ।  पुरुष मासुको जोहो गर्नमा व्यस्त छन् भने महिला रोटी पकाउने पिठोको तयारी तथा दुनाटपरी खुट्नमै व्यस्त छन् ।

कतिपयले माघीका लागि माछाको जोहो गर्न थालेका भेटिए । तुलसीपुर–६ रजौराका ५५ वर्षीय ज्ञानसिंह चौधरीका अनुसार सुँगुर मार्ने काम माघी आउन एक दिन बाँकी छँदा गरिन्छ भने माछा मार्नेदेखि रोटी पकाउनेलगायत काम एक हप्ता अगाडिदेखि नै गरिन्छ । रजौरामा सुँगुर घरघरमा बाँधेको देखिन्थ्यो भने महिला दुनाटपरी गाँस्न र चामलको पिठोको तयारीमा व्यस्त देखिन्थे ।

आँगनमा दुनाटपरी बनाउँदै गरेकी ५५ वर्षीया बुझौनी चौधरीले भन्नुभयो, “माघीमा पाहुना धेरै आउने भएकाले अहिलेदेखि नै काम भयाउनु पर्छ ।” यस्तै तुलसीपुर ६० वर्षीया मनराखी चौधरी पनि माघीका लागि दुनाटपरी बनाउनमै व्यस्त हुनुहुन्छ । बुहारीसँगै दुनाटपरी बनाउँदै गरेकी उहाँले भन्नुभयो, “पहिला टाढाको जङ्गलमा मालुकाका पात टिप्न जान्थ्यौँ, अहिले धेरै टाढा जान सकिन्न ।” 
 
यस्तै तुलसीपुर–५ की ४५ वर्षीया शान्ति चौधरी माघीका लागि अचार बनाउने तर्खरमा हुनुहुन्छ । उहाँले पात र  दाउराको जोहो भने गरिसक्नुभएको छ । अब माघीमा आवश्यक  परिकार बनाउनमा चौधरी लागिपर्नुभएको छ । मुला, अदुवा र गोलभेँडा मिलाएर उहाँले अचार बनाउँदै हुनुहुन्छ । ढिक्री भने  माघी आउन एक दिन बाँकी छँदा मात्रै बनाउने उहाँको योजना छ । 

उहाँले भन्नुभयो, “चामलको पिठो, घर लिपपोत, सुँगुरको मासु जोहो गरिसक्यौँ, अब माछा मार्न दिदी बहिनीसँग सल्लाह भएको छ ।” माघीमा माछा मार्न बबई नदी जाने तयारी छ । तुलसीपुर–१७ की ५५ वर्षीया लीला चौधरीले घरबाट टाढा माछा मार्न जाँदा रमाइलो हुने गरेको अनुभव सुनाउनुभयो ।” माघीमा घरघरमा सुँगुर काट्ने चलन छ । यसलाई उनीहरुको भाषामा ‘जिता मरना दिनु’ भनिन्छ । पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी ९पिठोको एक परिकार०, माछालगायतको परिकार खाएर रातभर नाचगानका साथ रमाइलो गर्ने चलन छ । यतिबेला ‘सखियै हो, माघीक पिली गुरी जाँर’ गीत सबैको मुखमा झुण्डिएको हुन्छ ।
 
माघीमा नाचिने विशेष मघौटा नाच अघि पछि पनि लोकप्रिय छ । यसैबीच जिल्लामा पुसको दोस्रो हप्तादेखि माघी महोत्सव तथा नृत्य प्रतियोगिता सुरु भइसकेका छन् । जिल्लाका तुलसीपुर, घोराही, लमहीलगायतका स्थानमा थारु संस्कृति झल्कने त्यस्ता प्रतियोगिता सुरु भएका हुन् । थारु बाहुल्यता रहेका गाउँमा बिहानैदेखि माघी विशेष थारु गीत गुञ्जिन्छने । 

थारु युवायुवती आफूलाई आवश्यक पर्ने लत्ताकपडा तथा खाद्यान्न किनमेल गर्न नजिकैका बजार पुग्छन् । केही दिनदेखि तुलसीपुर क्षेत्रमा कोरोनाका बिरामी बढ्न थालेका छन् । अब सतर्कता अपनाएर मात्र माघी मनाउनुपर्ने स्थानीय पत्रकार अञ्जना चौधरीको भनाइ छ । माघीमा जम्मा भएर घरघरमा गएर जाच्ने, थारु परिकार खाने चलन छ । माघेसङ्क्रान्तिको दिन बिहानै सबै जना नजिकैको खोला, जलाशय वा पोखरीमा नुहाउन जाने चलन छ । नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफ्ना छोरीचेलीलाई टीका लगाइदिने चलन छ । घरदेखि टाढा काम तथा अध्ययन गर्न गएका थारु समुदायका व्यक्ति माघीमा आ–आफ्नो घर फर्किन्छन् । रासस