२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

थारुबस्तीमा माघीको तयारी गर्न भ्याइनभ्याई

थारुबस्तीमा माघीको तयारी गर्न भ्याइनभ्याई
अ अ+ अ-

दाङ । युवती घर लिपपोतमा व्यस्त छन् । पुरुष माघीका लागि मासुको जोहो गर्ने तर्खरमा जुटेका छन् । भाँडाकुँडा सबै सफा पारिएका छन् । बिहीबार तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित थारु बस्तीमा पुग्दा  सबै जना माघीको तयारीमा जुटेका देखिन्थे ।

थारु जातिको सबैभन्दा मुख्य पर्व माघीको रौनक अहिले रजौराको थारु गाउँमा मात्र होइन जिल्लाका सबै थारु बस्तीमा बढेको छ । माघी आउन अब एक साता मात्र बाँकी छ । थारु समुदायका महिला तथा पुरुष आ–आफ्नै काममा व्यस्त छन् ।  पुरुष मासुको जोहो गर्नमा व्यस्त छन् भने महिला रोटी पकाउने पिठोको तयारी तथा दुनाटपरी खुट्नमै व्यस्त छन् ।

कतिपयले माघीका लागि माछाको जोहो गर्न थालेका भेटिए । तुलसीपुर–६ रजौराका ५५ वर्षीय ज्ञानसिंह चौधरीका अनुसार सुँगुर मार्ने काम माघी आउन एक दिन बाँकी छँदा गरिन्छ भने माछा मार्नेदेखि रोटी पकाउनेलगायत काम एक हप्ता अगाडिदेखि नै गरिन्छ । रजौरामा सुँगुर घरघरमा बाँधेको देखिन्थ्यो भने महिला दुनाटपरी गाँस्न र चामलको पिठोको तयारीमा व्यस्त देखिन्थे ।

आँगनमा दुनाटपरी बनाउँदै गरेकी ५५ वर्षीया बुझौनी चौधरीले भन्नुभयो, “माघीमा पाहुना धेरै आउने भएकाले अहिलेदेखि नै काम भयाउनु पर्छ ।” यस्तै तुलसीपुर ६० वर्षीया मनराखी चौधरी पनि माघीका लागि दुनाटपरी बनाउनमै व्यस्त हुनुहुन्छ । बुहारीसँगै दुनाटपरी बनाउँदै गरेकी उहाँले भन्नुभयो, “पहिला टाढाको जङ्गलमा मालुकाका पात टिप्न जान्थ्यौँ, अहिले धेरै टाढा जान सकिन्न ।” 
 
यस्तै तुलसीपुर–५ की ४५ वर्षीया शान्ति चौधरी माघीका लागि अचार बनाउने तर्खरमा हुनुहुन्छ । उहाँले पात र  दाउराको जोहो भने गरिसक्नुभएको छ । अब माघीमा आवश्यक  परिकार बनाउनमा चौधरी लागिपर्नुभएको छ । मुला, अदुवा र गोलभेँडा मिलाएर उहाँले अचार बनाउँदै हुनुहुन्छ । ढिक्री भने  माघी आउन एक दिन बाँकी छँदा मात्रै बनाउने उहाँको योजना छ । 

उहाँले भन्नुभयो, “चामलको पिठो, घर लिपपोत, सुँगुरको मासु जोहो गरिसक्यौँ, अब माछा मार्न दिदी बहिनीसँग सल्लाह भएको छ ।” माघीमा माछा मार्न बबई नदी जाने तयारी छ । तुलसीपुर–१७ की ५५ वर्षीया लीला चौधरीले घरबाट टाढा माछा मार्न जाँदा रमाइलो हुने गरेको अनुभव सुनाउनुभयो ।” माघीमा घरघरमा सुँगुर काट्ने चलन छ । यसलाई उनीहरुको भाषामा ‘जिता मरना दिनु’ भनिन्छ । पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी ९पिठोको एक परिकार०, माछालगायतको परिकार खाएर रातभर नाचगानका साथ रमाइलो गर्ने चलन छ । यतिबेला ‘सखियै हो, माघीक पिली गुरी जाँर’ गीत सबैको मुखमा झुण्डिएको हुन्छ ।
 
माघीमा नाचिने विशेष मघौटा नाच अघि पछि पनि लोकप्रिय छ । यसैबीच जिल्लामा पुसको दोस्रो हप्तादेखि माघी महोत्सव तथा नृत्य प्रतियोगिता सुरु भइसकेका छन् । जिल्लाका तुलसीपुर, घोराही, लमहीलगायतका स्थानमा थारु संस्कृति झल्कने त्यस्ता प्रतियोगिता सुरु भएका हुन् । थारु बाहुल्यता रहेका गाउँमा बिहानैदेखि माघी विशेष थारु गीत गुञ्जिन्छने । 

थारु युवायुवती आफूलाई आवश्यक पर्ने लत्ताकपडा तथा खाद्यान्न किनमेल गर्न नजिकैका बजार पुग्छन् । केही दिनदेखि तुलसीपुर क्षेत्रमा कोरोनाका बिरामी बढ्न थालेका छन् । अब सतर्कता अपनाएर मात्र माघी मनाउनुपर्ने स्थानीय पत्रकार अञ्जना चौधरीको भनाइ छ । माघीमा जम्मा भएर घरघरमा गएर जाच्ने, थारु परिकार खाने चलन छ । माघेसङ्क्रान्तिको दिन बिहानै सबै जना नजिकैको खोला, जलाशय वा पोखरीमा नुहाउन जाने चलन छ । नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफ्ना छोरीचेलीलाई टीका लगाइदिने चलन छ । घरदेखि टाढा काम तथा अध्ययन गर्न गएका थारु समुदायका व्यक्ति माघीमा आ–आफ्नो घर फर्किन्छन् । रासस