१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

‘हिमाल मानव अस्तित्वसँग जोडिएकाले सबै एकजुट भएर संरक्षण गर्नुपर्छ’

‘हिमाल मानव अस्तित्वसँग जोडिएकाले सबै एकजुट भएर संरक्षण गर्नुपर्छ’
काठमाडौँ, २१ असारः हिमालयन क्लाइमेट चार्टर– २०२५ काठमाडौँ, घोषणा समारोहको उद्घाटन समारोहdf प्रमुख अतिथि पर्यटनमन्त्री बद्री पाण्डेnufot ;xefuLx?। यो सम्मेलन नेपाल पर्वतारोहण सङ्घ -एनएमए_, खुम्बु पासाङल्हामु गाउँपालिका, र सगरमाथा प्रदूषण नियन्त्रण समिति -एसपीसीसी_ को सह–आयोजनामा सम्पन्न भएको हो। तस्बिरः प्रदीपराज वन्त÷रासस
अ अ+ अ-

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हिमाल पृथ्वीको हृदयका साथै मानव अस्तित्वसँग जोडिएकाले सबै एकजुट भएर यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आज यहाँ आयोजित ‘हिमालयन क्लाइमेट चार्टर’ सम्मेलनमा उहाँले हिमालको संरक्षण  गर्नु भनेको मानव अस्तित्वको रक्षा गर्नु भएकाले यसको राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा सबै एकजुट भएर हिमालय संरक्षण अभियानमा लाग्नुपर्ने धारणा राख्नुभयो ।

हिमालय क्षेत्रलाई नेपालको मात्र नभई सम्पूर्ण पृथ्वीको साझा धरोहर र जलवायु सन्तुलन कायम गर्ने प्रणालीका रूपमा वर्णन गर्नुपर्ने मन्त्री पाण्डेले बताउनुभयो । “हिमाल पृथ्वीको हृदय हो । यसको रक्षा गर्नु केवल कर्तव्य होइन, मानव अस्तित्वको संरक्षण पनि हो”, उहाँले भन्नुभयो ।

उहाँले हिमालय क्षेत्रमा बढ्दै गएको जलवायु सङ्कटप्रति गहिरो चिन्ता व्यक्त गर्दै हिमनदी तीव्र गतिमा पग्लिनु, हिमताल फुट्नु, बाढी र पहिरोको जोखिम बढ्दै जानुलगायत घटनाले नेपालको जलस्रोत, जैविक विविधता, पर्यटन उद्योग र स्थानीय जनजीवनमा गम्भीर असर पारिरहेको बताउनुभयो ।

मन्त्री पाण्डेले हिमाल जोगाउनु कुनै क्षेत्रीय एजेण्डा नभई हाम्रो पृथ्वी र भावी सन्ततिको अस्तित्वसँग प्रत्यक्ष जोडिएको विषय रहेको बताउँदै सरकारले तयार पारेको ‘सफा हिमाल रणनीति–२०८२’को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँले यो पाँच वर्षे कार्ययोजनाले फोहर व्यवस्थापन, वातावरण संरक्षण, पुनःस्थापना, उत्तरदायी पर्यटन र युवामार्फत नेतृत्व हस्तान्तरणलाई लक्षित गरेको बताउनुभयो ।

मन्त्री पाण्डेले अन्तरराष्ट्रिय वित्तीय संस्थालाई पर्वतीय राष्ट्रमा जलवायु सङ्कटको समाधानमा लगानी गर्न आह्वान गर्नुभयो । साथै, पर्यटन क्षेत्रका साझेदारलाई उत्तरदायी पर्यटन प्रवर्द्धनतर्फ उन्मुख हुन उहाँले प्रेरित गर्नुभयो ।

‘बिवाइएन ब्ल्याक्याक’गु्रपले नेपाल पर्वतारोहण सङ्घ, खुम्बु पासाङ ल्हामु गाउँपालिका र सगरमाथा प्रदूषण नियन्त्रण समितिसँगको सहकार्यमा गरेको सम्मेलनले हिमालय क्षेत्रको वातावरणीय भविष्यप्रति विश्वव्यापी ध्यानाकर्षणसहित ऐक्यबद्धताको आह्वान गरेको छ ।

यी संस्थाले हिमालय क्षेत्रमा बढ्दो जलवायु सङ्कटप्रति चिन्ता सार्वजनिक गर्दै संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । घोषणापत्रले कार्बन उत्सर्जन घटाउनेजस्ता विश्वव्यापी प्रयास मात्र होइन, हिमालयसँग पुस्तौँदेखि सहअस्तित्वमा रहेका समुदायको स्थानीय ज्ञानलाई महत्त्व दिएको छ ।

ब्ल्याक्याक ग्रुपका सिइओ काङ ते सूनले भन्नुभयो, “हिमालयबाट आएको यो मौन चेतावनीले देखाउँछ कि उच्चतम स्थानमा सुरु भएको परिवर्तन शीघ्र सबैभन्दा तल पुग्नेछ । जलवायु सङ्कट अब सम्पूर्ण मानव जातिको साझा मुद्दा हो । यो घोषणापत्र केवल वाचा होइन, जलवायु न्यायका लागि एकजुट आह्वान हो ।” उहाँले यो सन्देश विश्वभर फैलिने र सार्थक परिवर्तन ल्याउने विश्वास व्यत्तल गर्नुभयो । रासस