१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

राष्ट्रियसभा निर्वाचन एमाले माथिको अन्तिम प्रहार: केपी ओली

राष्ट्रियसभा निर्वाचन एमाले माथिको अन्तिम प्रहार: केपी ओली
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनको परिणाम आफूहरुका लागि प्रतिकूल आउन सक्ने बताउनु भएको छ । पार्टीको जिल्लाहरुको अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यामबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रियसभाको निर्वाचन पहिलेकै जनादेशलाई दूरुपयोग गरेर हुने भएकाले त्यसको परिणाम आफ्नो पार्टीको लागि प्रतिकूल हुनु कुनै अनौठो नभएको बताउनु भएको हो ।

उहाँले राष्ट्रियसभाको निर्वाचन पार्टीका लागि अनुकूल नभएपनि आफ्नो पार्टी मुलुकको पहिलो शक्ति रहेको बताउनु भयो । अध्यक्ष ओलीले राष्ट्रियसभाको निर्वाचनमार्फत् सत्तारुढ गठबन्धनले आफ्नो पार्टीलाई गर्ने अन्तिम प्रहार भएको पनि बताउनु भयो । त्यो प्रहारबाट नआत्तिन र जनतामा भ्रम पर्न नदिन अध्यक्ष ओलीले पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले हाम्रो अगाडि राष्ट्रियसभाको निर्वाचन आईरहेको छ । राष्ट्रियसभाको निर्वाचन माघ १२ गते सम्पन्न हुन्छ । मतदान हुन्छ त्यसमा १२ गते । र, त्यसको परिणाम हाम्रा निम्ति अलि प्रतिकूल आउन सक्छ । किन प्रतिकूल आउन सक्छ भने त्यो आजको जनमत होइन । र त्यो कुनै यथार्थ जनमत होइन । हामीले हिजो साँढे चार वर्ष अगाडि जनताबाट जुन जनमत ल्याएका थियौं । त्यो जनमत ल्याउँदाखेरी हामीले विभिन्न पक्षहरुलाई सन्तुलन मिलाएर, विभिन्न पक्षलाई सिट दिएर र विभिन्न प्रकारको व्यवस्थापन, साथीहरुले सुन्नु भएको छ । व्यवस्थापनको नाममा विभिन्न व्यक्तिहरुलाई विभिन्न प्रवृति भनेर अहिले जनता मतदाता हुने होईन । पहिलेनै निर्वाचित जनप्रतिनिधिबाट, जसलाई कम्युनिष्ट आन्दोलनबाटै सखाप पर्ने, विगार्ने, भत्काउने काम गरे । यस्तो अवस्थामा अहिलेको राष्ट्रियसभा निर्वाचन त्यो हिजोको जनप्रतिनिधिहरु त्यहाँबाट निर्वाचित हुने हो । जसलाई सकेसम्म ध्वस्त पार्न खोजिएको थियो । तर त्यस्तो ध्वस्त हुने स्थिति होईन । तर परिणाम त यदि हाम्रो ५१ छ भने हामी जित्थ्यौ। २ जना मान्छे तलमाथि पारिदिँदा हाम्रो ४९ मा झर्छ । विपक्ष गठबन्धन भन्ने अहिले जुन छ, यो अपवित्र गठबन्धन, यो प्रतिगामी गठबन्धन, यसको ४९ बाट ५१ हुन सक्छ । ४८ बाट ५२ हुन सक्छ । ४५ बाट ५५ हुन सक्छ । तर अहिले पनि हामी अरु पार्टी भन्दा मजदुत छौं । एक्लै अरुभन्दा माथि छौं ।

तर यसमा जुन ५० परसेन्ट चाहिने अवस्था हो । सम्पूर्ण शक्तिहरु मिलेर यतिबेला हिजोको जनमत र हिजोको परिस्थितिको दूरुपयोग गरेर अहिले हाम्रा निम्ति अलि प्रतिकूल परिणाम यस राष्ट्रिय सभाको निर्वाचनबाट आउन सक्छ । म साथीहरुलाई भन्न चाहन्छु–र जनसमूदायलाई पनि स्पष्ट पार्न चाहन्छु–यो आजको जनादेश होईन । आजको जनमत होईन, आजको यथार्थ होइन । हिजोको बेग्लै परिस्थितिको दूरुपयोग गरेर पैदा गरिएको अवस्था हो । त्यसकारण यसमा हाम्रो अलिकति सकारात्मक परिणाम आएन भनेर अनौठो मान्नुपर्ने कुनै अवस्था छैन । यो हिजोको कुरा हो । र नेकपा एमालेलाई संसदीय क्षेत्रमा, संसदीय संघर्षको मैदानमा र तीनै तहको निर्वाचनहरुमा नेकपा एमालेमाथि गर्न सक्ने हानिकारक प्रहारको अन्तिम किस्सा यो हो । नेकपा एमाले फुटाउन तत्वहरुको अन्तिम प्रहार यही हो । यसभन्दा पछि जनतामा जाँदा अव उप्रान्त उनीहरुसँग त्यो हैसियत रहँदैन । त्यसैकारण सबैले सुनिरहनु भएको छ । जो जति कमजोर छ, त्यत्यति कमजोर बढदा कराई रहेको छ । कि यो गठबन्धन निर्वाचनसम्मै जानु पर्छ भनेर । जो जति कमजोर छ, उसलाई गठबन्धन त्यतिनै चाहिएको छ । नेकपा एमालेलाई गठबन्धन चाहिएको छैन । नेकपा एमाले एक्लै चुनौतिहरुको सामना गर्न सक्षम छ ।’

अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले एक्लै सत्तारुढ गठबन्धनसँग भिड्न सक्षम रहेको दावी गर्नु भयो । उहाँले असंवैधानिक तरिकाले वर्तमान सरकार बनेको दावी गर्दै मतदानको माध्यामबाट हटाउन आम जनतालाई अपिल पनि गर्नु भयो । उहाँले संसदबाट नभई अन्यत्रैबाट बनेको सरकारलाई करिव ३ करोड नेपाली जनताले आगामी निर्वाचनमा मतपत्रको माध्यामबाट अन्त्य गर्नुपर्ने बताउनु भयो । अध्यक्ष ओलीले जनताले एमाले नेतृत्वको सरकारको प्रतिक्षा गरिरहेको भन्दै सोही अनुसार निर्वाचनको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हामी देखिरहेका छौं हरेक ठाउँमा योग्य मानिसहरुलाई हटाउने र भर्ती केन्द्र बनाउने काम भईरहेको छ । आज ३० हजार भन्दा बढि पालिकाहरुले नर्सिङ खोल्छौ भनेर एप्लाई गरे । नर्सिङ कलेजहरु बन्द गर्ने अभियान चलाएको छ सरकारले । र अव विदेश पठाउने र रेमिटयान्सबाट देश चलाउने अभियानमा गईरहेको छ सरकार । यो अत्यन्तै दुःखको कुरा हो ।

अहिलेको सरकार सरकारमा बस्न सुहाउन नै होईन । यिनीहरुलाई सरकारमा बस्न जनताले आदेश दिएका थिएन । जनताले जनादेश नदिएका मान्छेहरु अन्यत्रैबाट संसदले त सरकार परिवर्तन भएकोनै थाहा पाएन । सरकार नियुक्त गर्ने काम जहाँ संसदले गर्छ । संसदले प्रधानमन्त्री हटाइएको, अर्को प्रधानमन्त्री नियुक्त गरिएको, अर्को प्रधानमन्त्रीले सपथ गरिसकेको यी सबै कुरा संसदले थाहा पाएन । संसदले एकैचोटी विश्वासको मत लिने बेलामा सरिक हुन बाध्य भयो । त्यो एउटा ड्रामा थियो । असंवैधानिक क्रियाकलापबाट जन्मिएको अस्वस्थ ड्रामा थियो त्यो । म नेपाली जनतालाई आग्रह गर्न चाहन्छु–यस्ता ड्रामाहरुलाई आगामी दिनमा अन्त्य गर्नु पर्छ हामीले । म आग्रह गर्न चाहन्छु, निवेदन गर्न चाहन्छु–जनताको अदालतले यस्ता कुराहरुको सही फैसला दिनुपर्छ । सामूहिक फैसला दिनुपर्छ । झण्डै तीन करोड नेपालीले एकजुट आवाज आफ्ना मतपत्रहरुबाट प्रष्फुटित गर्नु पर्दछ । म यो आग्रह गर्न चाहन्छु र यो आग्रह लिएर, हाम्रा महाधिवेशनको सन्देशहरु लिएर जनतामा जान म हाम्रा तमाम कमरेडहरुलाई, तमाम कार्यकर्ता साथीहरुलाई हार्दिक आग्रह गर्न चाहन्छु । देशले नेकपा एमालेबाट धेरै ठूलो अपेक्षा गरेको छ । जनताले एमाले हेरेर आशा भरोसाका साथ एमालेको विजय कहिले कसरी गराउने भनेर प्रतिक्षा गरिरहेका छन् ।’

अध्यक्ष ओलीले नर्सिङ कलेजहरु हटाउने, हरेक ठाउँलाई पार्टीको भर्तीकेन्द्र बनाउने काम सरकारले गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।