१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

‘वन क्षेत्रलाई उत्पादन र आयआर्जनको माध्यमका रूपमा विकास गर्छौं’

‘वन क्षेत्रलाई उत्पादन र आयआर्जनको माध्यमका रूपमा विकास गर्छौं’
अ अ+ अ-

अर्घाखाँची। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रलाई उत्पादन र आम्दानीको माध्यमका रूपमा विकास गरिने बताउनुभएको छ ।

आज अर्घाखाँचीको डिभिजन वन कार्यालयअन्तर्गतको डिभिजन वन नर्सरी, रुब्दीको अवलोकनपश्चा् उहाँले वृक्षरोपण मात्र नभइ त्यसपछिको संरक्षण र उपयोगितामा ध्यान दिनुपर्ने बताउनुभयो ।  मुख्यमन्त्री आचार्यले भन्नुभयो, “वनमा खेर जाने पातपतिङ्गर र झार सङ्कलन गरेर प्राङ्गारिक मल उत्पादनमा प्रयोग गर्न सकिन्छ । यसले वन व्यवस्थापनमा योगदान पुग्नुका साथै डढेलो नियन्त्रणमा सघाउ पुर्याउँछ।”

उहाँले सामुदायिक वनलाई प्राङ्गारिक मल उत्पादनमा सक्रिय बनाइ कृषि क्षेत्रसँग जोड्न सकिए यसले प्रदेश सरकारले अघि सारेको अर्गानिक खेती अभियानलाई थप टेवा पु¥याउने बताउनुभयो । वन क्षेत्रलाई केवल संरक्षणको दृष्टिकोणले मात्र नभइ उद्यम, रोजगारी र आयआर्जनको स्रोतका रूपमा बिस्तार गर्ने खालका कार्यक्रम आवश्यक रहेको मुख्यमन्त्री आचार्यको भनाइ थियो ।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत केशर खड्काका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा ६३ हेक्टर क्षेत्रमा वृक्षरोपण गर्ने लक्ष्यअनुसार काम भएको छ । साउन १४ गतेसम्म करिब एक लाख बिरुवा वितरण भइसकेको उहाँले जानकारी दिनुभयो ।

हाल जिल्लाभित्र छ वटा नर्सरीमा एक लाख ६३ हजार वर्षे र बहुवर्षे बिरुवा तयारी अवस्थामा रहेको डिभिजन वन प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।   डिभिजन वन कार्यालयले तेजपात र टिमुरको खेती बिस्तारको अभियान थालेको उहाँले बताउनुभयो ।

हालसम्म टिमुरका २० हजार ५००  र तेजपातका १२ हजार ९०० बोट रोपण गरिएको र यो अभियान साउन १४ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । बिरुवा रोपिएका क्षेत्रहरूको प्रभावकारी अनुगमनका लागि ‘जिपिएस लोकेसन’ प्रणालीमार्फत निगरानीको व्यवस्था गरिएको पनि कार्यालयले जनाएको छ । रासस