१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

वीरेन्द्रनगर-८ सुर्खेतको पहिलो ‘वातावरणमैत्री तथा बालमैत्री’ वडा

वीरेन्द्रनगर-८ सुर्खेतको पहिलो ‘वातावरणमैत्री तथा बालमैत्री’ वडा
अ अ+ अ-

सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाको वडा नं ८ जिल्लाकै पहिलो वातावरणमैत्री तथा बालमैत्री वडा घोषणा भएको छ । आज यहाँ आयोजित एक समारोहमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र नगरप्रमुख मोहनमाया ढकालले संयुक्त रूपमा वातावरणमैत्री तथा बालमैत्री वडा घोषणा गर्नुभएको हो ।

वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय शासन नगर बालमैत्री सम्पर्कव्यक्ति माधुरी न्यौपानेले घोषणासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ अनुसार वडा नं ८ ले ५१ वटा सूचक तथा मापदण्ड पूरा गरेपछि यो उपलब्धि हासिल भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बालमैत्री स्थानीय शासनका लागि सङ्घीय सरकारले तोकेका ५१ सूचक र २८ खुड्किलाअन्तर्गतका पाँच चरणको सफलता प्राप्त गर्नुपर्ने व्यवस्था छ । “वडा नं ८ ले ती सबै मापदण्ड पूरा गरेको छ । बाल संरक्षणका क्षेत्रमा १४ सूचक, बालविकासमा छ, बाल सहभागितामा छ तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा १५ सूचक पूरा गरेको हो”, उहाँले भन्नुभयो ।

यस सफलता प्राप्तिमा वडा आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, खानेपानी तथा सरसफाइ, विद्यालय र आमा समूहको विशेष योगदान रहेको सम्पर्कव्यक्ति न्यौपानेले बताउनुभयो ।

वडाले खुल्ला दिशामुक्त क्षेत्र घोषणा, पूर्ण खोप वडा घोषणा, पोषणमैत्री तथा किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था घोषणा, सुत्केरी आमा र बालबालिकालाई पोषण सामग्री तथा अतिरिक्त पोषण भत्ता वितरण, ‘सुनौलो हजार दिन’ अभियानअन्तर्गत मातृ तथा शिशु स्वास्थ्य सचेतना र परामर्श कार्यक्रम सञ्चालन, पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुगाको औषधि वितरण, नियमित वृद्धि अनुगमन, साबुनपानीको प्रयोगसम्बन्धी अभ्यास, शुद्ध पिउने पानीबारे सचेतनालगायत सचेतनामूलक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन तथा कार्यान्वयन गर्दै आएको छ ।

वडाका ८२ प्रतिशत परिवारमा शुद्ध पानी पुगेको छ भने बाँकी १८ प्रतिशत परिवारले निजी इनार, बोरिङ तथा पाइपमार्फत पानी उपयोग गर्दै आएका सम्पर्कव्यक्ति न्यौपानेले जानकारी दिनुभयो । विद्यालयस्तरका किशोरकिशोरी तथा आमा समूहलाई स्वच्छता, साबुनपानीको प्रयोग, शुद्ध पानी, पोषणसम्बन्धी नियमित प्रशिक्षण तथा सचेतना कार्यक्रम दिइँदै आएको छ ।

वडा नं ८ का स्थानीयको सहकार्य, वडाको सक्रियता र सम्बन्धित निकायको सहभागिताले जिल्लामा पहिलो वातावरणमन्त्री तथा बालमैत्री वडा बनेको वडा कार्यालयले जनाएको छ । रासस