१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाहाल बाबुछोराको कविता सङ्ग्रह ‘वंशवृक्ष’ लोकार्पण



oplus_0
अ+ अ-

काठमाडौँ। वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल र उहाँका छोरा इञ्जिनियर अनिमेष दाहालको संयुक्त कविता सङ्ग्रह ‘वंशवृक्ष’ लोर्कापण गरिएको छ ।

साहित्यिक पत्रकार सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष एवं साहित्यकार दाहाल र उहाँका छोराद्वारा लिखित कविता सङ्ग्रहको लोकार्पण गरिएको हो ।

मिलाप पब्लिकेशन प्रालिले प्रकाशन गरेको यस कविता सङ्ग्रहमा पहिलो खण्डमा बाबुका १७ र दोस्रो खण्डमा छोराका १३ कविता समेटिएका छन् । यी कविता गद्य र मुक्त छन्दमा लेखिएका छन् ।

पत्रकार दाहालले व्यस्तता समयका बीच केही समय बचत गरेर यी कविता सृजना गरिएका भन्दै यस सङ्ग्रहको शीर्षकले बाबुछोरालाई साहित्य सिर्जनासँग जोडिएको प्रसङ्ग सुनाउनुभयो ।

छोरा अनिभेषसँग अमेरिका बसाइँका क्रममा आफूले रचना गरेका कविताहरू यस सङ्ग्रहमा समेटिएको उहाँले जानकारी दिनुभयो । कविता र कथा कुनै निश्चित समयका लागि मात्र नलेखिने भन्दै दाहालले साहित्यलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

रचनाकार अनिमेषले प्रवासबाट साहित्य क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ । यस कविता सङ्ग्रहमा रचनाकारद्वयले राजनीतिक व्यङ्ग्य, समाजको चित्रण र प्रकृति चिन्तन गरेको कार्यक्रममा उपस्थित समीक्षकहरूले बताएका छन् ।  साहित्यकार तथा पत्रकार विनोद दाहाल र खेमनाथ दाहाललगायतले कविता सङ्ग्रहबारे चर्चा गर्नुभएको थियो । रासस