२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल…
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि रूसद्वारा हालै गरिएको सबैभन्दा ठूलो ड्रोन र क्षेप्यास्त्र आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तामा प्रतिबन्धबारे गम्भीर छलफल भएको जानकारी दिनुभयो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले ट्रम्पसँग वार्ता गरी सुरक्षा सुदृढ गर्न सहमति भएको बताउनुभयो ।

रुसी आक्रमणपछि युक्रेनभर हवाई सायरन बजेको थियो र राजधानी किएभसहितका धेरै स्थानमा विस्फोट सुनिएको थियो । युक्रेनी सुरक्षाकर्मीले ५३९ ड्रोन र ११ मिसाइल मध्ये धेरैलाई नष्ट गरेका थिए । कीएभमा कम्तीमा २६ जना नागरिक घाइते भएका छन् ।

पोल्यान्डको किएभस्थित दूतावासमा समेत क्षति पुगेको छ, यद्यपि कर्मचारीहरू सुरक्षित छन् ।

रुसले आफ्नो उद्देश्यहरू शान्तिपूर्ण तरिकाबाट हासिल गर्न चाहेको बताएको छ । यद्यपि, आवश्यक परे ‘विशेष सैनिक अभियान’ जारी राख्ने जनाएको छ ।

त्यसैदिन, युक्रेन र रूसबीच बन्दी साटासाट पनि गरिएको छ, जुन अघिल्लो वार्ताको निरन्तरता हो ।