७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने

सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने
अ+ अ-

धरान । सीमावर्ती क्षेत्रमा बढ्दो आपराधिक क्रियाकलाप र अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल, नेपालले उच्च सतर्कता अपनाउने प्रतिबद्धता जनाएको छ ।

सशस्त्र प्रहरीले सीमा सुरक्षा सुदृढीकरणलाई दीर्घकालीन प्राथमिकताका रूपमा लिँदै सीमावासीहरूसँग सहकार्य र समन्वय मजबुत बनाउने घोषणा गरेको हो । सशस्त्र प्रहरी बल, नेपाल नं १ बराह बाहिनी मुख्यालय पकली, सुनसरीले आज ‘सीमावासीसँग सशस्त्र प्रहरी’ अन्तक्र्रिया गरेको थियो । सो अन्तक्र्रियामा सीमा अपराध नियन्त्रणका लागि स्थानीय तहसँग सहकार्य गर्ने सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुधीरजङ्ग थापाले बताउनुभयो ।

अन्तरक्रियामा भारतसँग सीमा जोडिएका इलाम, झापा, मोरङ र सुनसरी जिल्लाका ६६ वटा सीमावर्ती वडाका जनप्रतिनिधिको सहभागिता थियो । सीमा क्षेत्रमा फैलँदै गएको लागुऔषध ओसारपसार, भन्सार छली, चोरी तस्करीलगायतका सीमापार अपराधहरू नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले रणनीतिक योजना तयार गरी कार्यान्वयनमा लैजाने बराह बाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले बताउनुभयो । उहाँले सीमामा सुरक्षाको चुनौती बढेसँगै सीमा सुरक्षा मजबुत बनाउन सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य र समन्वयलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले हाल बन्द छोटी भन्सारहरू पुनः सञ्चालन गर्न, नयाँ छोटी भन्सारहरू स्थापना गर्न र सीमामा महिला सशस्त्र प्रहरी कर्मचारीहरूको सङ्ख्या वृद्धि गर्न माग गरेका छन् । सीमामा हुने आपराधिक गतिविधि नियन्त्रणमा महिला प्रहरीको उपस्थिति प्रभावकारी हुने उनीहरूको भनाइ छ ।