९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड—१९ संकट व्यवस्थापन केन्द्रमा महिला मन्त्रालयको सहभागिता हुनुपर्छ : सांसद पौडेल



अ+ अ-

काठमाडौं । राष्ट्रियसभाको शून्य समयमा बोल्दै सांसद विमला राई पौडेलले घरघरमा जनतालाई सेवा दिने भनेर संघीयतामा देश भएको भएपनि स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइनहरुको अवस्था दुःख लाग्दो भएको बताउनुभयो ।

उहाँले कोभिड—१९ संकट व्यवस्थापन केन्द्रमा महिला मन्त्रालयको सहभागिता हुनुपर्ने माग गर्नुभयो ।

सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिम प्रदेशमा भारतबाट ९० हजार बढी नागरिकहरु आएको र अहिले प्रत्येक जिल्लामा १० हजारभन्दा बढी व्यक्तिहरु क्वारेन्टाइनमा रहेको बताउनुभयो ।

हजारौँको संख्यामा क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षण हुन नसकेको आरडिटी पोजेटिभ देखिएका व्यक्तिहरुको पीसीआर परीक्षण ढिलाइ भएको उहाँले बताउनुभयो ।