५ श्रावण २०८३, मंगलवार
,
Latest
नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाफिया विधेयकलाई छिटो टुंग्याउन अर्थ समितिलाई अर्थमन्त्रीको आग्रह



अ+ अ-

काठमाडौँ । अर्थ समितिमा छलफलमा रहेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) विधेयकबारे छिटोभन्दा छिटो निष्कर्षमा पुग्न आग्रह गर्नुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा अन्तरगतको अर्थसमिति बैठकमा बाफिया बारेको छलफलमा मन्त्री पौडेलले यस्तो आग्रह गर्नुभएको हो । उहाँले छिटो भन्दैमा आवश्यक छलफल नै नगरी पास गर्ने भन्ने आशय आफ्नो नभएको भन्दै पर्याप्त छलफल गरेर चाँडो गर्नुपर्नेमा जोड दिनुभयो । उहाँकाअनुसार अर्थ समितिलाई बाफिया विधेयकलाई अघि बढाउने सन्दर्भमा अर्थ मन्त्रालय र राष्ट्र बैंकमा काम कारबाहीको जेजस्तो सूचना चाहिन्छ त्यसका लागि सहयोग गर्न तयार छ ।

अर्थमन्त्री पौडेलले भन्नुभयो–‘यो बाफियासम्बन्धि विधेयकमा हामी जुन छलफल गरिरहेका छौं । यसमा छिटोभन्दा छिटो समिति निष्कर्षमा पुगोस् भन्ने मेरो आग्रह छ । त्यसका लागि संशोधनकर्ता र समितिले जरुर सहयोग गर्नुहुन्छ भन्नेमा मेरो विश्वास छ । यो विधेयकको सन्दर्भमा हामी छिटो निष्कर्शमा पुगौं । छिटो भन्दाले सम्बन्धित विषयले जुन लेभलसम्मको छलफलको डिमाण्ड गर्छ त्यो तहसम्मको छलफल गरौं तर ढिला नगरौं ।’

उल्लेख्य स्वामित्व भएको व्यक्तिले ऋण लिन नपाउने व्यवस्था राख्न हुँदैन भन्ने धारणा देखिएको भन्दै अर्थमन्त्रीले यसमा छलफल गरेर निर्णयमा पुग्नुपर्ने उहाँको भनाइ छ । बैंकिङ प्रणालीलाई डिजिटलाइजेसन गर्नुपर्ने उहाँको भनाई छ ।