१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीबाट निर्देशन आयो भने समिति सभापति छोड्न तयार छुः रामहरि खतिवडा



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पार्टीबाट निर्देशन भयो भने पद छोड्न तयार रहेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय समिति बैठकमा उनले यस्तो बताएका हुन् ।

संघीय निजामती विधेयक समितिबाट पारित भएको भन्दा फरक प्रावधान सहित ‘कुलिङ पिरियड’ को व्यवस्था पारित भएपछि खतिवडा विवादमा परेका थिए । विवादमा परेपछि विपक्षी दलले उनको राजीनामा समेत माग गरेका छन् ।

संसदीय समितिबाट राजीनामा माग आएको प्रसंगमा बोल्दै उनले भने, ‘सभापतिको हैसियतमा मेरो पनि छ गल्ती छ भनेर पार्टीले बाहिर बस भन्छ भने म तयार छु ।’

पार्टीमा सभापति, उपभापति, महामन्त्री, केन्द्रीय सदस्यहरूलाई खुइल्याउने कार्य भएको बताउदै उनले भने, ‘चाहे बालकृष्ण खाँण होस्, चाहे मोहनबहादुर बस्नेत होस् । चाहे रमेश लेखक होस्, चाहे आरजु देउवा होस या पार्टी पंक्तिका गगन थापा । यी कमजोर भयो भने, अरू को चाहिँ बलियो हुन्छ ?’