१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सरकारले यस वर्ष बाल श्रमीकहरुको आधिकारिक तथ्यांक अध्ययन गर्ने

सरकारले यस वर्ष बाल श्रमीकहरुको आधिकारिक तथ्यांक अध्ययन गर्ने
अ अ+ अ-

काठमाडौँ । सरकारले नेपालमा रहेका बाल श्रमीकहरुको आधिकारिक तथ्यांक अध्ययन गर्ने भएको छ ।

शुक्रवार राष्ट्रिय तथ्यांक कार्यालयले एक कार्यक्रम आयोजना गर्दै यसबारेमा जानकारी गराएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीले यस वर्ष कार्यालयले बालश्रमको अध्ययन गरेर तथ्यांक सार्वजनिक गर्ने बताउनु भयो । उहाँले श्रम क्षेत्रमा बालश्रम कति छ ? भन्नेकुराको अध्ययन हुने र त्यसमा पनि नेपालकै बालश्रमीक र नेपालमा आएर काम गर्ने भारतीय बाल श्रमीकहरुको छुट्टा छुट्टै तथ्यांक निकाल्ने बताउनु भयो । बालश्रमलाई छुट्याउन ढिलो भइसकेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘बालश्रममा धेरै संख्या घरको काम कारबाही गर्नेमा छन् । तीन महिना भन्दा कम अवधि काम गरेको मान्छेहरु छन् । स्कुल बिदा भएको बेलामा घरमा काम गर्ने मान्छेहरु छन् । उनीहरुले पैसा नै पाउँदैनन् । यसपालि हामी श्रमको तथ्यांक निकाल्दै छौँ । त्यसले श्रम क्षेत्रमा बालश्रम कति छ ? त्यसलाई हामी छुट्याएर निकाल्छौँ । नेपालकै मान्छे बालश्रम कति छन्, भरतबाट आएका कति छन् । बालश्रमलाई छुट्याउन ढिलो भइसकेको छ ।’

घरमा सघाएको कुरालाई बालश्रम ठान्न नहुने बताउनु भयो । आर्थिक उपार्जनकै लागि काम गरेकोलाई मात्रै श्रम भन्नुपर्ने बताउनु भयो ।