५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले यस वर्ष बाल श्रमीकहरुको आधिकारिक तथ्यांक अध्ययन गर्ने



अ+ अ-

काठमाडौँ । सरकारले नेपालमा रहेका बाल श्रमीकहरुको आधिकारिक तथ्यांक अध्ययन गर्ने भएको छ ।

शुक्रवार राष्ट्रिय तथ्यांक कार्यालयले एक कार्यक्रम आयोजना गर्दै यसबारेमा जानकारी गराएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीले यस वर्ष कार्यालयले बालश्रमको अध्ययन गरेर तथ्यांक सार्वजनिक गर्ने बताउनु भयो । उहाँले श्रम क्षेत्रमा बालश्रम कति छ ? भन्नेकुराको अध्ययन हुने र त्यसमा पनि नेपालकै बालश्रमीक र नेपालमा आएर काम गर्ने भारतीय बाल श्रमीकहरुको छुट्टा छुट्टै तथ्यांक निकाल्ने बताउनु भयो । बालश्रमलाई छुट्याउन ढिलो भइसकेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘बालश्रममा धेरै संख्या घरको काम कारबाही गर्नेमा छन् । तीन महिना भन्दा कम अवधि काम गरेको मान्छेहरु छन् । स्कुल बिदा भएको बेलामा घरमा काम गर्ने मान्छेहरु छन् । उनीहरुले पैसा नै पाउँदैनन् । यसपालि हामी श्रमको तथ्यांक निकाल्दै छौँ । त्यसले श्रम क्षेत्रमा बालश्रम कति छ ? त्यसलाई हामी छुट्याएर निकाल्छौँ । नेपालकै मान्छे बालश्रम कति छन्, भरतबाट आएका कति छन् । बालश्रमलाई छुट्याउन ढिलो भइसकेको छ ।’

घरमा सघाएको कुरालाई बालश्रम ठान्न नहुने बताउनु भयो । आर्थिक उपार्जनकै लागि काम गरेकोलाई मात्रै श्रम भन्नुपर्ने बताउनु भयो ।