कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
आज दिउँसो बसेको पार्टीको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
केन्द्रको निर्णय अनुसार सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।










