७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

सुनचाँदी व्यवसायीहरूको कर विरोधमा पसल बन्द, राजधानीमा विरोध र्‍याली (तस्बिरहरु)

सुनचाँदी व्यवसायीहरूको कर विरोधमा पसल बन्द, राजधानीमा विरोध र्‍याली (तस्बिरहरु)
अ+ अ-

काठमाडौँ। सुनचाँदी व्यवसायीहरूले सरकारले लगाएको नयाँ करप्रति आपत्ति जनाउँदै व्यवसायीहरू शुक्रबार राजधानीको सडकमा उत्रिएका छन्।

नेपाल सुन चाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको अगुवाइमा माईतीघर मण्डलदेखि सुरु भएको विरोध र्‍याली नयाँ बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको हो।

व्यवसायीहरूले आफ्ना पसल बन्द गर्दै विरोध प्रदर्शनमा सहभागिता जनाएका छन्। आन्दोलनमा कालिगढ, श्रमिकलगायत गहना उद्योगसँग सम्बन्धित सबै तहका व्यक्तिहरूको उपस्थिति देखिएको छ।

उनीहरूको मुख्य माग भनेको आगामी आर्थिक वर्षको बजेटमा सुनचाँदीलाई लक्षित गर्दै लगाइएको २ प्रतिशत विलासिता कर र रत्न तथा पत्थरमा लगाइएको १३ प्रतिशत कर खारेज गर्नु हो। व्यवसायीहरूका अनुसार यसले उनीहरूको व्यापारमा प्रत्यक्ष रूपमा नकारात्मक असर पार्नेछ।

करले व्यवसाय धराशायी हुने खतरा बढेको भन्दै उनीहरूले तत्काल कर फिर्ता लिन सरकारसँग माग गरेका छन्। माग सम्बोधन नभए थप कठोर आन्दोलनको चेतावनी पनि दिएका छन्।