१४ असार २०८३, आईतवार
,
Latest
चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक उन्मुक्ति पार्टी अब प्रतिपक्षमा



अ+ अ-

काठमाडौं ।नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षको भूमिकामा बस्ने भएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठले सदनमा प्रतिपक्षको भूमिकामा दृढताका साथ उभिने जनाउनु भएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेसँगै नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेश सरकारबाट बाहिरिने जनाएको छ ।

अध्यक्ष श्रेष्ठले लेख्नुभएको छ-

नागरिक उन्मुक्ति पार्टी आज देशको चारवटै तह —

संघीय संसद (४ जना माननीय)

मधेश प्रदेश (१ जना माननीय),

लुम्बिनी प्रदेश (४ जना माननीय),

सुदूरपश्चिम प्रदेश (७ जना माननीय)

मा जननिर्वाचित हैसियतमा प्रतिनिधित्व गरिरहेको छ।

यो उपस्थिति केवल सांसदहरूको संख्यामा सिमित छैन —

यो जनताको भरोसा, संविधानप्रति हाम्रो निष्ठा, र उत्पीडित समुदायहरूको आवाजको प्रतिनिधित्व हो।

तर पछिल्लो समय, सुदूरपश्चिम प्रदेशमा हाम्रो पार्टीका माननीय मन्त्रीलाई कुनै औपचारिक संवाद, कारण वा प्रक्रिया विना हटाइएको कार्य — केवल असंवैधानिक होइन, अपमानजनक र अत्यन्त दुर्भाग्यपूर्ण छ।

हामी यो कदमलाई सत्ता घमण्ड, मनपरी र लोकतान्त्रिक मूल्यमाथिको अपमानको रूपमा लिन्छौं।

पार्टीभित्र गहिरो छलफल र

पार्टी संरक्षक माननीय रेशम चौधरीज्यूको दृढ मार्गदर्शन अनुसार,

नागरिक उन्मुक्ति पार्टी अब

प्रतिपक्षको भूमिकामा बस्ने निर्णयमा पुगेको छ।

यो निर्णय जनताको म्यान्डेट, पार्टीको सम्मान, र

जननिर्वाचित प्रतिनिधिहरूमाथिको गरिमाको संरक्षणका लागि गरिएको सैद्धान्तिक र दूरदर्शी कदम हो।

हाम्रो माननीयहरू पार्टीको इज्जत हुन्।

उनीहरूको बेइज्जती पार्टीको बेइज्जती हो — र

पार्टीप्रति जनताको विश्वासमाथिको अवमूल्यन हो।

अब, हामी सदनमा प्रतिपक्षको भूमिकामा दृढताका साथ उभिनेछौं