३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला



अ+ अ-

कैलाली। बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने दृष्टान्त गाउँलेमाझ प्रस्तुत गर्नुभएको छ ।

दशवर्षअघि किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट रु २० हजार ऋण लिएर व्यावसायिक रुपमा ब्रोइलर कुखुरापालन सुरु गर्नुभएको हो । पटक–पटक गरी रु २० हजारदेखि दुई लाखसम्म ऋण लिई उहाँले व्यवसाय विस्तार गर्नुभयो ।

हाल वर्षमा छ पटक चल्ला बेचेर हरेक पटक रु ५० हजारदेखि ६० हजारसम्म मुनाफा आर्जन गर्दै आएको उहाँले बताउनुभयो । सबै खर्च कटाएर वार्षिक तीन लाख बचत हुने गरेको उहाँले जानकारी दिनुभयो ।

रासससँग सङ्क्षिप्त कुरा गर्दै उहाँले लगनका साथ काम गरेमा सफलता हासिल हुने बताउनुभयो । विदेश जान चाहने युवालाई स्वदेशमा नै श्रम गर्न उहाँ सुझाउनुहुन्छ । सहकारीको सहयोगको पनि उहाँले सराहना गर्नुभयो ।