१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

अधिकारकर्मी जोशीको पुस्तक लोकार्पण

अधिकारकर्मी जोशीको पुस्तक लोकार्पण
अ अ+ अ-

काठमाडौँ। महिला अधिकार र लैङ्गिक समानताको क्षेत्रमा सक्रिय चाँदनी जोशीको संस्मरणात्मक पुस्तक ‘वेभिङ माइ साउथ एसियन टेपेष्ट्री’ आज एक समारोहका बीच सार्वजनिक गरिएको छ ।

जोशीकी छोरी सृष्टि जोशी मल्ल र छोरा प्रणय जोशीले ८० वर्षमा प्रवेश गरेकी आमालाई सम्मान गर्दै उत्सव आयोजना गरी सो कृति लोकार्पण गरिएको बताउनुभयो । ललितपुरमा सम्पन्न विमोचन समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुपति केदारभक्त माथेमा, नेपालका लागि पाकिस्तानी राजदूत एचइ अब्रार एच हासमीलगायतले संयुक्त रुपमा कृतिको लोकार्पण गर्नुभएको थियो ।

बुकहिलले प्रकाशन गरेको उक्त पुस्तक लोकार्पणमा शिक्षाविद् केदारभक्त माथेमाले आफ्नी सहपाठी जोशीको खुलेर प्रशंसा गर्नुभयो । “जीवनका कठिन अवस्थामा निडर रही एक विद्रोही नारीको भूमिका उहाँले निर्वाह गर्नुभयो र उहाँले जीवनमा आज यो सफलता प्राप्त गर्नुभएको हो”, माथेमाले भन्नुभयो ।

नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हासमीले नेपालमा मात्रै नभएर संसारभरका नारीका लागि चाँदनी जोशी प्रेरक रहेको बताउनुभयो । कार्यक्रममा मन्त्री भण्डारीले यो देशमा कहिल्यै केही भएन, केही गर्न सकिएन भन्ने भाष्यलाई चिर्ने नारी चाँदनी जोशी भएको उल्लेख गर्नुभयो ।

पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले महिला अधिकारका क्षेत्रमा उहाँको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । मानवाधिकारकर्मी चरण प्रसाईंले चाँदनी जोशीले गरेको कार्य कुनै अधिकारको क्षेत्रमा काम गर्ने संस्थाको भन्दा उच्च रहेको भन्दै सबैलाई उहाँबाट प्रेरणा लिन आग्रह गर्नुभयो ।

सानैमा पाल्पाबाट बाबुआमाका साथमा काठमाडौँ आएर कलेज अध्ययन गरी पद्मकन्या कलेजबाट लेक्चरर जीवनको शुरुवात गर्नुभएकी जोशीले महिला अधिकार र लैंगिक समानताका क्षेत्रमा ६० वर्ष बिताउनुभएको छ ।रासस