१५ भाद्र २०८३, सोमबार
,
Latest
‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग झण्डै दुई महिनापछि मेची राजमार्गमा यातायात सेवा सञ्चालन भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ९४ शव प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम दाखिला सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा ऐन रोकिएपछि अखिल (क्रान्तिकारी)को देशव्यापी शैक्षिक हड्ताल घोषणा



अ+ अ-

काठमाडौं। असार १५ मा शिक्षा ऐन समयमै जारी नभएको भन्दै नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले देशभर चरणबद्ध विरोधका कार्यक्रमसहित शैक्षिक हड्तालको घोषणा गरेको छ।

बिहीबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा संगठनले व्यापारी र शैक्षिक माफियाको दबाबमा शिक्षा ऐन रोकिएको आरोप लगाउँदै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो।

संगठनका अध्यक्ष बिरेन्द्र शाहले एमाले र काँग्रेस नेतृत्वको सरकारले आफ्ना समर्थकहरूको हितअनुसार शिक्षा ऐन रोकिरहेको आरोप लगाए। “संघीयता लागू भइसकेको दशक नाघ्दासमेत शिक्षामा पुरानै ढाँचा कायमै राख्नु व्यापारिक स्वार्थको उपज हो,” उनले भने।

उनले चेतावनी दिँदै थपे, “यदि निःशुल्क, समान र वैज्ञानिक शिक्षालाई संस्थागत गर्ने खालको ऐन ल्याइएन भने शैक्षिक दलालहरूको व्यापारिक संरचनामाथि प्रतिरोध हुनेछ।”

महासचिव उषाकिरण आजादले प्रस्तावित शिक्षा ऐन संविधानको मर्म र जनताको चाहना विपरीत रहेको बताए। उनले उच्चपदस्थ व्यक्तिहरूका सन्तानले निजी विद्यालयमा पढ्न नपाउने प्रावधान अनिवार्य गरिनुपर्ने माग गरे।

पत्रकार सम्मेलनमा उपाध्यक्ष रुपा बुढामगर, सचिव गोविन्द विष्ट, हरि विष्ट, कोषाध्यक्ष कमला परियार लगायत नेताहरूको उपस्थिति थियो।