२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा यु–१६ युथ लिगमा ९१ खेल, थ्री स्टारको सहभागिता नहुने



अ+ अ-

काठमाडौँ । किशोर फुटबलरको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले एन्फा यु–१६ युथ लिग शुक्रवारबाट सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुक्रबारदेखि एन्फा यु–१६ युथ लिग सुरु हुँदै छ । किशोर फुटबलरको प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यअनुरूप सुरु गरिएको युथ लिगमा शिर्ष डिभिजनका कुल १४ क्लबको सहभागिता रहने भएको छ । एन्फाले बिहीबार एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन आयोजना गर्दै यस युथ लिगको तयारी पूरा भएको जानकारी दिएको हो । लिगका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन् । तर आवश्यकताअनुरूप केही खेलहरू दशरथ रंगशालामा पनि गरिने एन्फाले जनाएको छ ।

एन्फाका प्रवक्ता सुरेश शाहले युथ डेपलभमेन्टका लागि यो प्रतियोगिता महत्वपूर्ण रहेकाले यसलाई व्यवस्थित रूपले सञ्चालनका गर्ने बताए । किशोर फुटबलरको प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यले सुरु भएको यु–१६ युथ लिग तेस्रो संस्करण हो । यसै वर्ष मात्र ‘बी’ डिभिजन लिगबाट शीर्ष डिभिजनमा उक्लिएका दुई क्लव प्लानिङ ब्वाइज र श्रीभगवतीले यस युथ लिगमा प्रतिष्पर्धा जनाउने भएका छन् । थ्री स्टारमाथि भने कारबाही भएसँगै रेलिगेसन परेपछि यो क्लबले भने युथ लिगमा सहभागिता जनाउन नपाउने भएको छ । उसका सट्टामा सशस्त्र प्रहरी बल एपिएफको टोलीले एन्फा यु–१६ युथ लिगमा प्रतिस्पर्धा गर्ने एन्फाको प्रतियोगिता डाइरेक्टर सञ्जीव मिश्रले जानकारी दिए ।

यसबाहेक त्रिभूवन आर्मी क्लव, संकटा, नेपाल पुलिस, फ्रेन्ड्स, चर्च ब्वाइज, मच्छिन्द्र, जावलाखेल युथ, सातदोबाटो युथ, हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी छन् । हरेक टोलीलाई तीन लाख ५० हजार रूपैयाँ तयारी खर्च दिएको एन्फाका प्रवक्ता शाहले जनाएको छ । यो फिफा ट्यालेन्ट डेभलपमेन्ट स्किमअन्तर्गत यो लिग हुन लागेको हो । लिगको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी पाउनेछन् । तर, पुरस्कार रकम कम भए पनि एन्फाले यसको तयारी खर्च एक करोड दुई लाख ३६ हजार ३३० रुपैयाँ लाग्ने अनुमान गरेको छ । एन्फाका प्रवक्ता शाहले यो डेभलपमेन्ट कार्यक्रम भएकाले धेरै पुरस्कार नराखिएको बताए ।

यो प्रतियोगिताको मुख्य उद्देश्य नै युथ फुटबल विकास गर्नु रहेको उनको भनाइ छ । साथै यसै कार्यक्रममार्पmत दक्ष निर्णायकहरू उत्पादन गर्न पनि मद्दत मिल्ने एन्फाको विश्वास छ । विधागत उत्कृष्टअन्तर्गत मस्ट भ्यालुएबल प्लेयर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र फेयरप्लेले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । शुक्रबार पहिलो दिनको खेलमा श्रीभगवती र मनाङ मस्र्याङ्दी तथा आर्मी र हिमालयन शेर्पा खेल्ने भएका छन् । कुल ९१ वटा खेल हुने यस युथ लिग आगामी साउन २६ गतेसम्म सञ्चालन हुनेछन् ।