१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

एन्फा यु–१६ युथ लिगमा ९१ खेल, थ्री स्टारको सहभागिता नहुने

एन्फा यु–१६ युथ लिगमा ९१ खेल, थ्री स्टारको सहभागिता नहुने
अ अ+ अ-

काठमाडौँ । किशोर फुटबलरको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले एन्फा यु–१६ युथ लिग शुक्रवारबाट सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुक्रबारदेखि एन्फा यु–१६ युथ लिग सुरु हुँदै छ । किशोर फुटबलरको प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यअनुरूप सुरु गरिएको युथ लिगमा शिर्ष डिभिजनका कुल १४ क्लबको सहभागिता रहने भएको छ । एन्फाले बिहीबार एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन आयोजना गर्दै यस युथ लिगको तयारी पूरा भएको जानकारी दिएको हो । लिगका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन् । तर आवश्यकताअनुरूप केही खेलहरू दशरथ रंगशालामा पनि गरिने एन्फाले जनाएको छ ।

एन्फाका प्रवक्ता सुरेश शाहले युथ डेपलभमेन्टका लागि यो प्रतियोगिता महत्वपूर्ण रहेकाले यसलाई व्यवस्थित रूपले सञ्चालनका गर्ने बताए । किशोर फुटबलरको प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यले सुरु भएको यु–१६ युथ लिग तेस्रो संस्करण हो । यसै वर्ष मात्र ‘बी’ डिभिजन लिगबाट शीर्ष डिभिजनमा उक्लिएका दुई क्लव प्लानिङ ब्वाइज र श्रीभगवतीले यस युथ लिगमा प्रतिष्पर्धा जनाउने भएका छन् । थ्री स्टारमाथि भने कारबाही भएसँगै रेलिगेसन परेपछि यो क्लबले भने युथ लिगमा सहभागिता जनाउन नपाउने भएको छ । उसका सट्टामा सशस्त्र प्रहरी बल एपिएफको टोलीले एन्फा यु–१६ युथ लिगमा प्रतिस्पर्धा गर्ने एन्फाको प्रतियोगिता डाइरेक्टर सञ्जीव मिश्रले जानकारी दिए ।

यसबाहेक त्रिभूवन आर्मी क्लव, संकटा, नेपाल पुलिस, फ्रेन्ड्स, चर्च ब्वाइज, मच्छिन्द्र, जावलाखेल युथ, सातदोबाटो युथ, हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी छन् । हरेक टोलीलाई तीन लाख ५० हजार रूपैयाँ तयारी खर्च दिएको एन्फाका प्रवक्ता शाहले जनाएको छ । यो फिफा ट्यालेन्ट डेभलपमेन्ट स्किमअन्तर्गत यो लिग हुन लागेको हो । लिगको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी पाउनेछन् । तर, पुरस्कार रकम कम भए पनि एन्फाले यसको तयारी खर्च एक करोड दुई लाख ३६ हजार ३३० रुपैयाँ लाग्ने अनुमान गरेको छ । एन्फाका प्रवक्ता शाहले यो डेभलपमेन्ट कार्यक्रम भएकाले धेरै पुरस्कार नराखिएको बताए ।

यो प्रतियोगिताको मुख्य उद्देश्य नै युथ फुटबल विकास गर्नु रहेको उनको भनाइ छ । साथै यसै कार्यक्रममार्पmत दक्ष निर्णायकहरू उत्पादन गर्न पनि मद्दत मिल्ने एन्फाको विश्वास छ । विधागत उत्कृष्टअन्तर्गत मस्ट भ्यालुएबल प्लेयर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र फेयरप्लेले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । शुक्रबार पहिलो दिनको खेलमा श्रीभगवती र मनाङ मस्र्याङ्दी तथा आर्मी र हिमालयन शेर्पा खेल्ने भएका छन् । कुल ९१ वटा खेल हुने यस युथ लिग आगामी साउन २६ गतेसम्म सञ्चालन हुनेछन् ।