२५ असार २०८२, बुधबार
,
Latest
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन रामकुमारी झाँक्रीलाई सात दिनभित्र लिखित आत्मालोचना गर्न नेकपा एसको निर्देशन सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, कानुन संशोधन गर्न ३ सदस्यीय कार्यदल गठन, आन्दोलनका सबै कार्यक्रम… टिमुरे खोलाबाट बगाएका प्रहरीमध्ये एकको शव चितवनमा भेटियो, दुई अझै बेपत्ता रसुवागढी बाढीमा बेपत्ताहरुको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन हुम्लामा एम्बुलेन्स दुर्घटना, चालक गम्भीर घाइते गायक राजेशपायलमाथि पूर्वपत्नीको यौन हिंसा आरोप नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा रिहा गर्ने आदेश झाँक्रीलाई समाजवादीको अल्टिमेटम : ७ दिनभित्र स्पष्टीकरण, नत्र निष्कासन सम्भावना आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

औषधि आपूर्तिसम्बन्धी गुनासो बढ्न थालेपछि संसदीय समितिद्वारा नेपाल औषधि लिमिटेडको अनुगमन



अ+ अ-

काठमाडौँ । औषधि आपूर्तिसम्बन्धी गुनासो बढ्न थालेपछि  संसदीय समितिले नेपाल औषधि लिमिटेडको स्थलगत अनुगमन गरेको छ ।

औषधि उत्पादनको अवस्था, लिमिटेडले भोगिरहेको समस्या तथा औषधि आपूर्ति लगायतको विषयमा अध्ययन र शोधपुछका लागि प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले लिमिटेको स्थलगत अनुगमन गरेको हो ।

अनुगमनका क्रममा समिति सभापति अब्दुल खानले नेपाल औषधि लिमिटेडले देशभरलाई पुग्ने औषधि उत्पादन गर्नसक्ने भएपनि सरकारी कार्यालयहरुले नै औषधि खरिद नगर्दा समस्या भएको लिमिटेडले बताएको जानकारी दिनुभयो । आवश्यक कच्चा पदार्थ आयातमा समस्या, आर्थिक स्रोतको अभाव र सरकारी निकायबाट औषधि खरिदको व्यवस्था नहुँदा उत्पादन सीमित भएको र हाल ११ प्रकारका औषधि मात्र उत्पादन गरिरहेको जानकारी गराइएको उहाँको भनाइ छ । लिमिटेडमा पर्याप्त जनशक्ति, प्रविधि र पूर्वाधार हुँदाहुँदै पनि नीतिगत समस्या तथा सरकारको उपेक्षाको कारण समस्या भएको बताइएको छ ।

समिति सभापति खानले भन्नुभयो, ‘जनताले प्रत्यक्ष रुपमा हामीले औषधि पाइरहेका छैनौं भनेर समितिमा उजुरी गरिसकेपछि हामी नेपाल सरकारको स्वामित्वमा रहेको संस्थाले किन औषधि आपुर्ति गर्न सकिरहेको छैन भनेर अनगुमनमा आएका हौँ । अर्को कुरा, हामी लिमिटेडको समस्याको बारेमा जान्नको लागि पनि यहाँ अनुगमनमा आएका हौँ । हामीले औषधि लिमिटेडले भोगिरहेको समस्याको बारेमा पनि जानकारी लिन अनुगमनमा आएका हौँ । उहाँहरुको भनाइअनुसार सरकारले नेपाल औषधि लिमिटेडले नेपालभरीलाई पुग्ने औषधि उत्पादन गर्न सक्ने भएपनि सरकारले किन्न मानिरहेको छैन । बरु निजी कम्पनीबाट किनेर सरकारी संस्थामा औषधि वितरण गरिरहेको हुन्छ । सरकारी कार्यालयहरुबाट औषधि किन्ने व्यवस्था नहुनु नै मुख्य कारण भएको बताउनु भयो । अर्को कारण, जनशक्ति, प्रविधि र भौतिक संरचनाको व्यवस्था हुँदाहुँदै पनि कच्चापदार्थ ल्याउन नसक्दा ११ किसिमको औषधि मात्रै बनाइरहेका छौँ । कच्चा पदार्थको आयातमा सहजता र आर्थिक स्रोतको व्यवस्थापन गरिदियो भने हामी ९८ प्रकारका औषधि उत्पादन गर्न सक्छौं भन्ने कुरा गर्नुभयो ।’

औषधि लिमिटेडको समस्याको बारेमा समितिमा छलफल गरेर सरकारलाई आवश्यक सुझाव दिने उहाँको भनाइ छ ।