७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनेता विपि कोइरालाको बारेमा ‘राजद्रोही राजनेता’ नामक डकुमेण्ट्री फिल्म निर्माण (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । राजनेता विपि कोइरालाको बारेमा ‘राजद्रोही राजनेता’ नामक डकुमेण्ट्री फिल्म निर्माण भएको छ । डकुमेण्ट्री फिल्ममा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोईराला आफूमाथि लागेका ८ राजद्रोह सम्बन्धि मुद्दाको प्रवाह नगरी स्वदेश फर्किएको र जनमत संग्रहको घोषणा भएको कुरा उल्लेख गरिएको छ । स्वदेश फर्किएपछि कसरी बिपी राजनेता बन्न सफल भए भन्ने कुरा पनि डकुमेण्ट्रीमा देखाइएको छ । नेपालको स्वाधीनता कसरी जोगियो भन्ने बारेमा पनि यस डकुमेण्ट्रीमा उतारिएको छ । 

डकुमेण्ट्री हेरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले दक्षिण एशियामा भारत सोभियत गठबन्धनले साना मुलुकहरुमाथि ठूलो खतरा पैदा गरेको अवस्था र जसका काण नेपालको मानचित्र नै परिवर्तन भएको बेलामा बिपीले चालेका कदमको प्रशंसा गर्नुभयो । उहाँले  बिपीको उक्त कदमलाई नेपालको लोकतान्त्रिक आन्दोलनको शाहसीक कदमका रुपमा चित्रण गर्नुभयो । पूर्व प्रधानमन्त्री खनालले त्यो बेलामा वामपन्थी कम्युनिष्टहरुले पनि आन्दोलनमा सहयोग गरिरहेको कुरा डकुमेण्ट्रीमा समावेश गरेको भए सुनमा सुगन्ध हुने धारणा राख्नुभयो ।

पूर्व प्रधानमन्त्री खनालले भन्नुभयो, ‘यो त्यस्तो कालखण्डको एउटा डकुमेण्ट्री बनेछ, जुन बेलामा दक्षिण एशियामा भारत सोभियत गठबन्धनले यो देशका साना मुलुकहरुमाथि ठूलो खतरा पैदा गरेको थियो । खतरामात्रै होइन, त्यसपछि हाम्रो मानचित्र नै बद्लियो । त्यो खतरा उपस्थित भइरहेको बेलामा नेपालको राष्ट्रियतामाथि पनि जुन ढंगले खतराहरु बढ्दै थिए, त्यस्तो बेलामा नेपालका राजनीतिक शक्तिहरु, यसमाथि पनि लोकतान्त्रिक शक्तिहरुको एकताको आवाज उठ्न थालेको थियो । यो आवश्यक्तालाई बोध गरेर, बिपीले त्यो बेला जुन प्रकारको कदम चाल्नुभयो, त्यो वास्तवमा नेपालको लोकतान्त्रिक आन्दोलनको निम्ति शाहसीक कदम हो । त्यही सेरोफेरोमा यो डकुमेण्ट्री बनेको रहेछ, यो मलाई नेपालको इतिहासमा बिर्सन नहुने जुन अध्याय हो, त्यो अध्यायलाई डकुमेण्ट्री गरेकोमा मलाई खुशी पनि लागेको छ । पहिलाको राजनीतिक वातावरण जुन थियो, दुई वटा लोकतान्त्रिक शक्तिहरु अघि बढीरहेको अवस्था थियो नेपालमा । त्यसमा एक शक्तिहको प्रतिनिधित्व काँग्रेसले गरेको थियो भने अर्कोको कम्युनिष्टले ।

कम्युनिष्ट नेताहरुको बीचमा पनि उहाँहरुको बीचमा सरसल्लाह भयो र जसरी उहाँ भित्र आउनुभयो । त्यो भित्र आइसकेपछि सबै शक्तिहरुले र कम्युनिष्ट नेताहरुले पनि त्यो कदमको सरहाना गर्नुभयो । निरंकुशताका बिरुद्ध, राजतन्त्रका बिरुद्ध र निर्दलीय पञ्चायतका बिरुद्ध हामी सम्पूर्ण एकतावद्ध भएर लड्नुपर्छ भन्ने बढी आग्रह भन्ने हो भने त्यतिबेला वामपन्थीहरुको थियो । बिपीले त्यसमा संयुक्त भएर जान उहाँ विभिन्न कारणले सहमत हुनुभएन । मलाई लाग्छ त्यो उहाँको कमजोरी हो । त्यो कमजोरीलाई हामीले इंगित गर्नुपर्छ । तर वामपन्थीहरु संयुक्त आन्दोलनको पक्षमा त्यतिबेला पनि थिए । यो डकुमेण्ट्रीमा उहाँहरुले गरेको चरित्र पनि प्रतिविम्वित भएको भए सुनमा सुगन्ध हुन्थ्यो ।’

त्यस्तै नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले इतिहासको कालखण्डलाई सम्झाउन यो डकुमेण्ट्री अति उपयोगि भएको बताउनु भयो । उहाँले यो डकुमेण्ट्रीलाई हेरेर राजनीतिक व्यक्तित्वहरुले नेपालको भविष्य कतातिर जाँदैछ भन्ने कुरा बताउन सक्ने जिकिर गर्नुभयो । नेता कोईरालाले यो हरेक नेपालीले हेर्नुपर्ने डकुमेण्ट्री भएको बताउनु भयो ।

नेता कोईरालाले भन्नुभयो, ‘यो इतिहासको त्यो कालखण्ड हो जुन मान्छेहरुले बिर्सिन सक्छन् । यसलाई एउटा डकुमेण्ट्रीको हिसावले जुन प्रश्तुत भएको छ, यो अत्यन्त राम्रो छ । इतिहासलाई व्यक्तिहरुमा पेस गर्नुपर्ने अवस्था सिर्जना हुन्छन् । नत्र यो इतिहास हराएर जान्छ । नेपालको राजनीतिमा, वर्तमान परिस्थितिमा हामीले बितेका दिनहरुलाई हेरेर भविष्यमा हामी यो पनि भन्न सक्छौँ कि, हाम्रो दिशा ठिक हो कि होइन ? मेरो लागि त्यो अत्यन्त राम्रो हो । यो हरेक नेपालीले हेर्नुपर्ने डकुमेण्ट्री हो ।’

त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले यस डकुमेण्ट्रीमा बिपी कोईरालाको नेपाल प्रवेशपछि जनमतसंग्रहसम्मका घटनाक्रमहरुलाई समेटिएको र यसले इतिहासको संरक्षण भएको बताउनु भयो । उहाँले यस डकुमेण्ट्रीमा नेपालको राजनीति कसरी व्यतित भयो भन्ने कुरा जीवन्त उतारिएको बताउनु भयो । अध्यक्ष पोखरेलले नयाँ पुस्ताका लागि यो डकुमेण्ट्री अत्यन्त महत्वपूर्ण भएको बताउनु भयो ।

अध्यक्ष पोखरेलले भन्नुभयो, ‘बिपी कोईरालाको नेपाल प्रवेशपछि जनमतसंग्रहसम्मका घटनाक्रमहरुलाई समेटिएको छ । इतिहासको संरक्षण भएको छ भने यसको कलात्मक पस्किएको छ । जसले जीवन्त ढंगले नेपाली राजनीति कसरी व्यतित भयो भन्ने कुरालाई प्रदर्शन गरेको छ । यो नयाँ पुस्ताका लागि नेपालको आधुनिक राजनीतिमा बिपी कोईराला, गणेशमानजस्ता नेताहरुले गरेको कन्ट्रिभेशन बुझ्नका लागि अत्यन्त महत्वपूर्ण डकुमेण्टका रुपमा रहेको छ ।’

त्यस्तै राजनीतिक विश्लेषक डा. राम थपलियाले बिपीले जहिल्यै सत्य, न्याय, प्रेम र यथार्थतालाई अंगालेको बताउनु भयो । उहाँले बिपीको राष्ट्रिय मेलमिलापको औचित्य आज झनै महत्वपूर्ण रहेको बताउनु भयो ।

राजनीतिक विश्लेषक थपलियाले भन्नुभयो, ‘बिपीले जहिले पनि ४ वटा चिजलाई समेटेको देखिन्छ । सत्य, न्याय, प्रेम, यथार्थता । त्यसैले यो राष्ट्रिय मेलमिलापको औचित्य आजको दिनमा अझ बढी महत्वपूर्ण छ ।’

त्यस्तै सशस्त्र प्रहरी बलका पूर्व प्रमुख सनत बस्नेतले यो डकुमेण्ट्रीबाट राजनीतिमा नैतिकता धेरै बलियो हुन्छ भन्ने सन्देश दिइएको र अहिलेका राजनीतिज्ञहरुले यसबाट धेरै कुरा बुझ्न सक्ने बताउनु भयो । उहाँले नैतिक बलमा नै राजनीति अडिनु पर्छ भन्ने कुरा राजनीतिक दलहरुले भुल्न नहुने भन्दै नैतिकता सिकेका राजनीतिक दलहरुले समाज र राजनीतिमा भएको ह्रास मेटाउन सक्ने बताउनु भयो ।

पूर्व आइजी बस्नेतले भन्नुभयो, ‘अहिलेको राजनीतिज्ञहरुले यो डकुमेण्ट्रीबाट राजनीतिमा नैतिकता धेरै बलियो हुन्छ, नैतिक बलमा नै राजनीति अडिनु पर्छ भन्ने सिकिदिए भने ठूलो उपलब्धि हुन्छ मुलुकलाई नैतिकता सिके भने जुन समाज, राजनीतिमा ह्रास भएको छ, त्यो ह्रास भएको बल फेरी आयो भने समाजले पक्कै पनि केही पाउँछ ।’

त्यस्तै राजनीतिकर्मी डा. शिवजी यादवले यो डकुमेण्ट्रीले नेपालमा नौलो आयाम थपेको बताउनु भयो । उहाँले अहिलेका राजनीतिक कर्मीहरुले यस डकुमेण्ट्रीबाट सिकेर अघि बढ्न आवश्यक रहेको औँल्याउनु भयो ।

राजनीतिकर्मी यादवले भन्नुभयो, ‘यो नेपालको इतिहासमा नौलो आयाम थपिएको छ । राजनीतिज्ञहरुले यो डकुमेण्ट्रीबाट यसमा समेटिएका कुराहरुको हरेक सेन्टेन्सहरुबाट धेरै अर्थहरु लगाउन सकिन्छ । अहिलेको राजनीतिमा यसबाट एउटा उदाहरण लिनुपर्ने देखिन्छ । यसबाट धेरै कुरा राजनीतिज्ञहरुले सिकेर देशलाई योगदान दिन सक्छन् । बिपीको बारेमा मैले सुनेको भन्दा यसमा धेरै कुरा उल्लेख भएको रहेछ ।’

‘राजद्रोही राजनेता’को निर्माणसँगै अन्वेषण अभियानले अन्य १२ वटा ऐतिहासिक डकुमेण्ट्री निर्माण कार्य अघि बढेको बताएको छ ।