१२ असार २०८३, शुक्रबार
,
Latest
यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कजाक नेताद्वारा सेनालाई बिना चेतावनी गोली चलाउन आदेश



अ+ अ-

कजाकिस्तानमा अशान्ति जारी रहँदा प्रहरीले थप प्रदर्शनकारीको ज्यान लिएको छ । राष्ट्रपति कासिम–जोमार्ट तोकायेभले अभूतपूर्व संङ्टलाई सुधारका रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छन्।

झण्डै एक हप्ताको प्रदर्शन र दङ्गापछि उनले शुक्रबार विशाल मध्य एसियाली राष्ट्र कजाकिस्तानका अधिकांश भागमा सुव्यवस्था पुनर्स्थापित भएको बताएका छन्।

“कानून लागु गराउन सुरक्षा बलहरूले कडा मेहनत गरिरहेका छन्। संवैधानिक व्यवस्था मुख्यतया सबै क्षेत्रमा पुनर्स्थापित भएको छ”, उनले एक विज्ञप्तिमा भनेका छन्, “आतङ्कवादीहरूको पूर्ण विनाश नभएसम्म सुरक्षा कारबाही जारी रहनेछ।”

आन्तरिकमामिला मन्त्रालयका अनुसार २६ सशस्त्र अपराधीलाई मारिएको छ र तीन हजारभन्दा बढीलाई हिरासतमा लिइएको छ । यस्तै १८ प्रहरी र राष्ट्रिय गार्ड सेवाका सदस्यहरू प्रदर्शन सुरु भएदेखि मारिएका छन्।

स्वतन्त्रताको ३० वर्षपछिको सबैभन्दा खराब हिंसाले कम हुने कुनै सङ्केत नदेखाएपछि सबैभन्दा ठूलो शहर अल्माटीको केन्द्रीय स्क्वायर नजिकै शुक्रबार बिहान बन्दुकको आवाज सुनिएको थियो । त्यहाँ सेना र प्रदर्शनकारीबीच अघिल्लो दिन धेरै जसो मुठभेड भएको थियो ।

कडा नियन्त्रित र अपेक्षाकृत स्थिर भूतपूर्व सोभियत यो मुलुकमा इन्धनको मूल्य बढेको आक्रोशमा सप्ताहन्तमा दुर्लभ विरोध प्रदर्शनहरू सुरु भए । तर विरोध प्रदर्शनहरु हिंसात्मक सरकारविरोधी दङ्गामा परिणत भएका छन्।

तोकायेभको अनुरोधमा त्यहाँ रूसले ‘शान्ति सेना’ पठाएको छ। काजाकिस्तानको सार्वभौमसत्ताको सम्मान गर्न पश्चिमबाट मस्कोलाई दिएको चेतावनीको बीचमा उनीहरू बिहीबार यहाँ आइपुगेका थिए।

शुक्रबार कजाक राष्ट्रपतिले राष्ट्रलाई टेलिभिजनमा उनले सुरक्षा बलहरूलाई थप अशान्तिको घटनामा बिना चेतावनी प्रदर्शनकारीहरूमाथि गोली चलाउन आदेश दिएका थिए। (अलजजिरा)