१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

बैंकर्स र उद्योगी तत्काल छुट्याउँदा अर्थतन्त्रमा ठूलो समस्या आउनसक्छः सांसद जबरा

बैंकर्स र उद्योगी तत्काल छुट्याउँदा अर्थतन्त्रमा ठूलो समस्या आउनसक्छः सांसद जबरा
अ अ+ अ-

नेपाली काँग्रेसका सांसद उदयसमशेर जबराले बैंकर्स र उद्योगी तत्कालै छुट्याउदा अर्थतन्त्रमा ठूलो समस्या आउने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको अर्थसमितिमा बैंक तथा बाफिया विधेयकमाथिको छलफलमा बोल्दै एउटै व्यक्ति बैंकर्स पनि हुनुपर्ने र व्यापारी पनि हुनु भनेको गुड गभर्नेन्सको सिद्धान्तले नमिल्ने बताउनु भयो । कतिपय व्यवहारिक पाटोलाई हेरिनुपर्ने बताउनु भयो । उहाँकाअनुसार बैंक र उद्योगी छुट्याउन जरुरी छ । सो सम्बन्धि व्यवस्थालाई अहिले दफामा राखेपनि लागू गरिहाल्नु हुँदैन । ऐन कार्यान्वयन भएको १५ वर्षपछि सोसम्बन्धि दफा लागू गर्नुपर्ने उहाँको तर्क छ ।

सांसद जबराले भन्नुभयो– ‘कुनै व्यक्तिको एउटा बैंक छ भने उ बैंकर्स नै हुनुप¥यो । बैंर्कस पनि हुनुपर्ने व्यापारी पनि हुनु भनेको यो गुड गभर्नेन्सको सिद्धान्तले पनि मिल्दैन । यसले स्वार्थको द्वन्द्व निम्ताउछ । यो कुरामा म सहमत छु । तर अहिले नेपालको सन्दर्भ फरक छ । हामीहरु व्यवहारिक पनि हुनुपर्छ । त्यसैले अहिले नेपालमा प्रमोटरहरुले आफ्नो शेयरहरु धितो राखेर अहिले उहाँहरुले आफ्नो बैंकबाट होइन, अरु बैंकबाट पैसा निकालेका छन् । यो हामीले नपाउने भनेको छ, त्यो ठिकै छ । स्वार्थको द्वन्द्वको हिसावले यो ठिक छ । तर अहिले के छ भने व्यवहारिक रुपमा नेपालमा अलिकति ठूला व्यापारी भनेका सय, डेढ सय छन् । र अहिले हामीले यसलाई ठ्याक्कै लिमिट गर्ने बित्तिकै हाम्रो अर्थतन्त्रमा केही लिक्विडिटिमा समस्या ल्याउछ । त्यसैले यसलाई हटाउने होइन, यो व्यवस्था कार्यान्वयनका लागि मैले १५ वर्षको प्रश्ताव गरेको छु ।’

उहाँकाअनुसार त्यसो गर्दा स्वार्थको द्वन्द्व सिर्जना हुँदैन भने तत्काल बैंक तथा उद्योगीहरुलाई समस्या पर्दैन । अर्थतन्त्र अहिले संवेदनशिल अवस्थामा रहेको बताउँदै उहाँले हचुवाका अघि बढ्न नहुने बताउनु भयो ।