२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाफियामा व्यापक सुधारको खाँचो छ –ज्ञानेन्द्रबहादुर कार्की



अ+ अ-

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं  नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले हतार हतारामा बैंक तथा वित्तीय संस्था सम्बन्धि विधेयक (बाफिया) पास गर्दा सुखद् परिणाम नआउने बताउनुभएको छ ।

बिहीवारको अर्थ समितिमा भएको बाफियासम्बन्धि विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले गम्भीरताका साथ अन्तर्राष्ट्रिय प्रचलनअनुसार कानूनहरु निर्माण गर्नुपर्ने र त्यसबाट मात्रै अर्थतन्त्र बलियो हुने बताउनुभएको हो । सांसद कार्कीकाअनुसार अर्थतन्त्र सुधारोन्मुख गराउन बाफिया विधेयकमाथि व्यापक रुपमा नयाँ ढंगले छलफल गरेर जानुपर्छ । उहाँकाअनुसार मुलुकको अर्थतन्त्र कृषिमा आधारित छ । चामललाई आत्मनिर्भर बनाउन कृषिमा कसरी लगानी गर्नसक्छौं त्यसबारे सोच्नुपर्छ  ।

सांसद कार्कीले भन्नुभयो– ‘बाफियामा व्यापाक सुधार गरेर गर्नुपर्छ । जसले मुलुकको सुस्त रुपमा रहेको अर्थतन्त्रलाई गति दिन सक्नुपर्छ । न्युन स्तरका कृषक, स्टार्टअपलाई कर्जा दिएर कसरी दिन सकिन्छ यसबारे सोच्नुपर्छ । गभर्नरसहित अर्थमन्त्रीलाई राखेर आवशिय कार्यक्रम राखेर वाफिया विधेयकमा छलफल गर्नुपर्छ । बैंकमाथि जनताको भरोसा बढेर जानुपर्छ । यसमा ह्रास आयो भने राज्य फेल हुन्छ । बैंकमा तरलता छ तर कुनै व्यवसायी पैसा लिएर व्यवसायमा लगानी गर्न हिच्कीएका छन । जबसम्म उद्यमी व्यवसायीले पैसा लिने वातावरण लिदैनन् । तबसम्म अर्थतन्त्र बलियो हुन सक्दैन ।’

उहाँले ऋण लिन अहिले पनि जनतालाई सहजता नरहेको बताउनु भयो । सांसद कार्कीकाअनुसार एक करोड तल ऋण लिन बैंकमा जनता जाँदा  पाउन कठिन भइरहेको छ । धितोका नाममा धेरै दुःख दिने काम भइरहेको उहाँको भनाई छ ।