२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

भूमि फिर्ता ल्याउन तीन तथ्य काफी छ : नारायणकाजी श्रेष्ठ

भूमि फिर्ता ल्याउन तीन तथ्य काफी छ : नारायणकाजी श्रेष्ठ
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । भारतले नेपालमाथि हेपाहा प्रवृति देखाई वार्तामा बस्न नचाहेको राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले बताउनुभएको छ । 

राष्ट्रिय सभाको बिहीबारको बैठकमा संविधान संशोधन विधेयकमाथिको छलफलमा श्रेष्ठले भारतको हेपाहा प्रवृतिका कारण वार्ता हुन नसकेको बताउनुभएको छ । नेपालको भूमि मिचेर नक्सा सार्वजनिक गरेको भारतलाई नेपालले पटक पटक कुटनीतिक वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेपनि भारतले नचाहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘अघिल्लो अवस्थामा जव विवादित भूमि हो भनेर भारतले समेत स्वीकार गरेर त्यसलाई समाधान गर्न परराष्ट्र सचिवको स्तरमा एउटा उच्चस्तरीय समिति बनाइयो त्यो समितिको बैठक गर्न हामीले लगातार भन्यौं माग ग¥यौं भएन तर १९१९ को नोभेम्बरको उहाँहरुको नक्सा प्रकाशित गरिसकेपछि हामीले तत्काल जोड दियौं सिधै वार्ता गरौं भनेर भन्यौं तर उहाँहरुले वार्तामा ध्यान दिनुभएन् ।’

उहाँले भारतका थुप्रै कुटनीतिक व्यक्तिहरुले समेत नेपालसँग वार्ता नगर्नु भारतको गल्ति भएको बताएको उल्लेख गर्दै भारतलाई ऐतिहासिक तथ्यको आधारमा निष्कर्षमा छिटो पुग्न समेत आग्रह गर्नुभयो । उहाँले भारतले नेपालको भूभाग समेटेर नयाँ नक्सा समावेस गर्न संविधान संशोधन गर्न हुने तर तेपालले संविधान संशोधन गर्दा वाताएको वातावरण विग्रिएको भन्नु हेपाहा प्रवृति भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘उहाँहरुले नेपालले वार्ता भाजो हालेजस्तो कतिपयले कुरा गरिराख्नु भएको छ । म भन्न चाहन्छु उहाँहरुले आफ्नो संविधान संशोधन गरेर जम्मुकस्मिरलाई दिएको स्टाटस फेरेर त्यसको आधारमा हामीले नयाँ नक्सा बनायौं भनेर भन्न हुने, भन्ने हामीलाई अझ मिच्ने हेपाहा प्रवृति प्रदर्शन गर्ने ?।’

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको अतिक्रमित भूमि फिर्ता गर्न ऐतिहासिक तथ्य र प्रमाणको आधारमा मात्रै भनिएको उहाँले बताउनुभो । तीनवटा ऐतिहासिक आधारमा त्यस क्षेत्रको भूमि नेपालको भएको स्पस्ट हुने श्रेष्ठले बताउनुभयो । सन १८१६ को सुघौलि सन्धिमा काली नदि देखि पश्चिम भारतको र पूर्वको भूभाग नेपालको भनिएको र लिम्पियाधुराबाट बग्ने नदि नै काली नदि हो भन्ने स्पस्ट रहेको बताउनुभयो । त्यस्तै नोभेम्बर १९१९ मा भारतले जारी गरेको नक्सामा पनि काली नदि उल्लेख भएको र सात दिन पछि फेरी काली नदि हटाएर परिवर्तन गर्नुले भारतको नियत स्पस्ट भएको बताउनुभयो । उहाँले नेपालको कुनैपनि साशकले कुनै पनि सरकारले १८१६ को सुघौलि सन्धि पछि सुघौलि सन्धिले हाम्रो हो भनेर निर्धारण गरेको कुनैपनि भूभाग कुनै अर्को सन्धि वा सम्झौता गरेर भारतलाई हस्तान्तरण नगरेको बताउनुभयो । यिनै आधारमा ति भूभाग नेपालकै भएको र नेपालले प्राप्त गर्नुपर्ने बताउनुभयो ।

उहाँले भूमिको विषयमा विवाद रहदा रहदै पनि वार्तामा बसेर कुटनीतिक संवादमार्फत नै समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो ‘ उहाँले भन्नुभयो ‘हामी भनिराखेका छौं तपाइहरुले वार्तामा बसेर त्यो कुरा समाधान गर्न तयार पार्नुपर्छ । हामीले भनिराखेका छौं त्यति हुँदाहुँदै पनि तपाइहरुले वार्तामा बसेर त्यो कुरा समाधान गर्न तयार पार्नुपर्छ । हामीले बारम्बार भनिराखेका छौं वार्तामा बसौं कुटनीतिक सम्बाद नै यो समस्याको पनि समाधानको एकमात्र बाटो हो भनेर हामीले भनेकै छौं । हामी त्यसमा आतुर छौं र लगातार प्रयत्न गरिराखेका छौं ।’

गुमेको भूमि फिर्ता गर्न संविधान संशोधनमा मात्रै सिमित नभएर व्यवहारीक रुपमा फिर्ता गर्न पनि सबै एक हुनुपर्ने श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘नेपालको नक्सा सम्पूर्ण भूभाग समेटेर प्रकाशित गर्ने काममा मात्रै सिमित रहने छैनौं । नेपालको नयाँ नक्सा अनुसार नेपालको संविधानमा त्यसलाई आवस्यक ढंगले सब्बोधन गर्न संविधान संशोधनमा मात्रै सिमित हुने छैनौं । यो ऐतिहासिक पहलकदमी हो । तर यो ऐतिहासिक पहलकदमी नेपालको कब्जा गरिएको भूमि, अतिक्रमित भूमि हर हालतमा नेपालले व्यवहारीक रुपमा पनि प्राप्त गरिछाडने विन्दु सम्म पुग्ने राष्ट्रिय संकल्प अभिव्यक्त भएको छ हाम्रो यो राष्ट्रिय एकतामा । यो राष्ट्रिय एकतालाई राष्ट्रिय संकल्पलाई सुदृढ गरेर व्यवहारीक रुपमा  भूमि ति प्राप्त गर्ने विन्दु सम्म पुग्नको लागि एकतावद्ध भएर अघि बढ्न म सबैलाई अपिल गर्न चाहन्छु । ’

भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका क्षेत्र कब्जा गरेको सम्बन्धमा शासकहरुमाथि प्रश्न उठनु स्वभाविक भएको तर ति विषयहरुलाई अहिले मुद्दाको रुपमा उठाएर राष्ट्रिय एकतालाई कमजोर बनाउने गतिविधि गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो ‘निश्चित रुपमा हाम्रा इतिहासमा केही कमिकमजोरी भए । तर म फेरी जोड दिएर भन्न चाहन्छु सबै राजनीतिक पार्टीका मित्रहरुलाई, सबै इतिहासविद्हरुलाई, सबै वुद्धिजिविहरुलाई, सबै सांसदहरुलाई कि अहिले यतिखेर हामीले हेर्नुपर्ने मुख्य मुद्दा भनेको यो भूमि भारतले कब्जा गरेको हो यो भूमि नेपालको हो यो भूमिलाई हामीले प्राप्त गरिछाडनुपर्छ त्यस अनुसार अहिले चालिएको कदमहरु ठिक छन, यो कदमलाई अगाडि बढाएर आफ्नो भूमि प्राप्त गर्ने विन्दुसम्म जानुपर्छ भन्ने कुरामा हामी एक ढिक्को छ कि छैनौं अहिलेको मुख्य कुरा त्यो हो । त्यसकारणले यसमा अहिले हामी एक ढिक्को छौं । त्यसकारणले म विनम्रता पुर्वक अपिल गर्न चाहन्छु म सबैलाई कि यो मुद्दामा हिजो कहाँ कमिकमजोरी कस्को भयो भन्ने बारेमा वा राष्ट्रियताका अरु विषयमा पनि कहाँ कति कमिकमजोरी भयो भन्ने बारेमा सन्दर्भबस चर्चा गर्नु एउटा कुरा हो तर यसैलाई मुद्दा बनाएर अहिले यो मुल मुद्दाबाट ध्यान विकर्सित गर्ने काम र हामी आफैलाई आरोप प्रत्यारोप गर्ने काम तिर हामी अहिले लाग्नु हुँदैन् ।

उहाँले इतिहासमा विभिन्न कालखण्डहरुमा सीमा सम्बन्धी मुद्दामा वा राष्ट्रियताका विषयहरुमा भएका कमिकमजोरी भएको भए आत्मआलोचना गरे स्वागत योग्य हुने र अहिले चालिएको कदमको अवस्थामा ति मुद्दालाई पनि संसँगै आरोप प्रत्यारोपको रुपमा लैजान नहुने बताउनुभयो ।