१२ श्रावण २०८३, मंगलवार
,
Latest
स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने ऊर्जा मन्त्री श्रेष्ठको सल्लाहकारमा विवेक राज कँडेल नियुक्त सुरुङमार्ग सञ्चालनमा आएपछि पूर्वप्रधानमन्त्री खनालले भनेः ‘दूरदर्शी राष्ट्रिय संकल्प यथार्थमा परिणत भयो’ मानव बेचबिखनको नयाँ स्वरूपलाई सम्बोधन गर्न ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको तयारी अठार वर्षपछि पलेँटीमा मदनकृष्ण श्रेष्ठ, साथमा यमन श्रेष्ठ छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै मोरङमा डिजे प्रयोगमा प्रतिबन्ध नारायणी अस्पतालका चिकित्सकद्वारा सामूहिक राजीनामा भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्दः ११ हजार बिरामी प्रभावित घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ काराेबार ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरमा छायांकन गरिएको ‘तिम्रै माया लाग्छ’ सार्वजनिक 



अ+ अ-

काठमाडौँ। कोशी प्रदेशको अत्यन्तै रमणीय तथा विभिद पर्यटकिय सम्भावनाको संग्रहालयको रुपमा परिचीत भोजपुर जिल्लाका विभिन्न स्थानहरुमा छायांकन गरिएको नयाँ म्युजिक भिडियो ” तिम्रै माया लाग्छ” सार्वजनिक भएको छ ।

गायक उमेश मुस्कान र गायिका  निरुता राइको आवाज रहेको उक्त म्युजिक भिडियोमा लोकप्रिय मोडल सनम कठायत र गायिका स्वयं निरुता राइको अभिनय रहेको छ ।

शब्द तथा संगीत गायक उमेश मुस्कानकै रहेको उक्त प्रेमिल गीतको म्युजिक भिडियो एभरेष्ट ग्यालरी टिमले निर्माण गरेको हो । महेश महराको छायांकन र अमृत चापागाईंको सम्पादन तथा आयुश शाहीको सह निर्देशन रहेको छ ।

एभरेष्ट ग्यालरीको   गीत , संगित ,कला र प्रविधिमैत्री पर्यटन , संस्कृतीको प्रचारप्रसारको नविनतम राष्ट्रिय अभियान “दृश्यमा नेपाल ” अन्तर्गत दृश्यमा भोजपुरको अभियानमा एभरेष्ट टिम काम गरिरहेको कार्यक्रम संयोजक समेत रहेका कलाकार सनम कठायतले जानकारी दिए ।