१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

कसैको निगाहले राजनीतिमा आएको होइन, विधेयक बनाउने क्रममा मेरो संसदको लोगो खोसियो

कसैको निगाहले राजनीतिमा आएको होइन, विधेयक बनाउने क्रममा मेरो संसदको लोगो खोसियो
अ अ+ अ-

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामति कानून बनाउने क्रममा आफूमाथि आक्रमण भएको बताउनुभएको छ ।

बुधवारको समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विधेयक बनाउने क्रममा सांसदहरुले भनाइ खानुपरेको र बेइज्जती सहनुपरेको बताउनु भयो ।

उहाँले जस्ताको त्यस्तै छ भनेर विश्वास गर्दा बीचमा तुहाउने काम भएको बताउनु भयो । उहाँले यो गम्भीर प्रकृतिको अपराध भएको र अक्षम्य रहेको बताउनु भयो । छानविनपछि आफ्नो गल्ती भएको प्रमाणित भए कुनैपनि सजाय भोग्न तयार रहेको बताउनु भयो । आफू कसैको निगाहले राजनीतिमा नआएको बताउनु भयो । आफू शहीदको छोरो र चन्दा दिएर सांसद नबनेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले कत्रो भनाइ, कठिनाइ खानुपरेको छ, बेइज्जती भोग्नुपरेको छ । हामी जस्ताको त्यस्तै छ भनेर लैजाने, बीचमा तुहाउने काम गर्नुहुन्छ । यो गम्भीर अपराध हो, अक्षम्य अपराध हो । हामी सभामुखलाई छानविनका लागि अनुरोध गर्न चाहन्छाँै । छानविनपछि गल्ती भए रामहरि खतिवडा जस्तो सुकै सजाय भोग्न तयार छ । म मेरो गल्ती देखिए जस्तोसुकै सजाय भोग्न तयार छु । समितिको रायबाट बाहेक राजीनामा दिएपछि र अन्य सरकारी बाहेक अरु केही थपेको छैन । म कसैको निगाहले राजनीतिमा आएको होइन । निर्वाचित भएरै आएको हुँ । एक पटक होइन, त्यो भन्दा बढी पनि भएको हौँला । मेरो बाउ शहीद भएर पनि आएको होइन, म चन्दा दिएर पनि आएको होइन । म राजनीतिमा दुःखै गरेर आएको हुँ । म क्यारेम्बोड खेलेको जस्तो यता देखाएर अर्कोतिर छिराउने मान्छे पनि होइन । निष्ठा र प्रतिष्ठासँग दृढ छु । कानून बनाउने काम गाह्रै हुन्छ । थाहा छ तर ममाथि आक्रमण भएको छ । प्रहार भएको छ ।’

उहाँले असार २ गते आफ्नो संसदको लोगो खोस्ने र आफूमाथि जाइलाग्ने काम भएको बताउनु भयो ।