१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलिङ पिरियडबारे छानविन समिति बनाउनुपर्छ तर सहयोग पाइएला जस्तो छैनः सांसद बडू



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले कुलिङ पिरियडबारे भएको चलखेलमा छानविन समिति बनाउन सभामुख देवराज घिमिरेसँग आग्रह गर्नुभएको छ ।

बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले मंगलवार सभामुखसँगको भेटमा पनि छानसिवन समितिको माग गरेपनि अहिलेसम्म सहयोग हुन नसकेको बताउनु भयो । उहाँले राष्ट्रिय सभामा प्रश्तुत गर्दा सच्याएर पठाइनुपर्ने बताउनु भयो । सभामुखलाई यसबारेमा अनुसन्धान गर्न छानविन समिति बनाउन माग गरेको तर सहयोगको अवस्था नरहेको बताउनु भयो । राष्ट्रिय सभामा विधेयक पेश भइसकेको भन्दै जालझेलको शुरुवात बिन्दुबाट नै अनुसन्धान गरेर कारबाही गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी सबै लेखेर दिन्छौँ । तपाईं अपर हाउसमा सरकारले प्रश्तुत गर्ने हो । सरकारको तर्फबाट संशोधनसहित ल्याएको छु भनेर संसदमा पेश गर्नुस् । अप्पर हाउसमा । सभामुखलाई सहयोग गरिदिनुस् भनेको छु । तर त्यो सहयोग पाइने अवस्था देखिरहेको छैन । अप्पर हाउसमा दर्ता भइसक्यो । मन्त्री नै जाने हो पेश गर्न त । त्यसकारण मन्त्रीजीलाई भन्न चाहन्छु यो समितिबाट अब हामी यसलाई संशोधनप्रश्तावसहित अघि बढाउँछौँ भन्नुपर्छ । हाम्रै सांसद त्यहाँ पनि छन् । संशोधन प्रश्ताव राखेर आउँदा त सकिहाल्यो । जालझेलको शुरुवात कहाँबाट कोको जोडिएको छ, यसको छानविन हुनुपर्छ । सभामुखबाट छानविनको अपेक्षा गरेका छौँ ।’

सांसद बडूले कुलिङ पिरियडबारे भएको जालझेलको निष्पक्ष छानविन हुनुपर्ने बताउनु भयो ।