१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलिङ पिरियडबारे छानविन समिति बनाउनुपर्छ तर सहयोग पाइएला जस्तो छैनः सांसद बडू



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले कुलिङ पिरियडबारे भएको चलखेलमा छानविन समिति बनाउन सभामुख देवराज घिमिरेसँग आग्रह गर्नुभएको छ ।

बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले मंगलवार सभामुखसँगको भेटमा पनि छानसिवन समितिको माग गरेपनि अहिलेसम्म सहयोग हुन नसकेको बताउनु भयो । उहाँले राष्ट्रिय सभामा प्रश्तुत गर्दा सच्याएर पठाइनुपर्ने बताउनु भयो । सभामुखलाई यसबारेमा अनुसन्धान गर्न छानविन समिति बनाउन माग गरेको तर सहयोगको अवस्था नरहेको बताउनु भयो । राष्ट्रिय सभामा विधेयक पेश भइसकेको भन्दै जालझेलको शुरुवात बिन्दुबाट नै अनुसन्धान गरेर कारबाही गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी सबै लेखेर दिन्छौँ । तपाईं अपर हाउसमा सरकारले प्रश्तुत गर्ने हो । सरकारको तर्फबाट संशोधनसहित ल्याएको छु भनेर संसदमा पेश गर्नुस् । अप्पर हाउसमा । सभामुखलाई सहयोग गरिदिनुस् भनेको छु । तर त्यो सहयोग पाइने अवस्था देखिरहेको छैन । अप्पर हाउसमा दर्ता भइसक्यो । मन्त्री नै जाने हो पेश गर्न त । त्यसकारण मन्त्रीजीलाई भन्न चाहन्छु यो समितिबाट अब हामी यसलाई संशोधनप्रश्तावसहित अघि बढाउँछौँ भन्नुपर्छ । हाम्रै सांसद त्यहाँ पनि छन् । संशोधन प्रश्ताव राखेर आउँदा त सकिहाल्यो । जालझेलको शुरुवात कहाँबाट कोको जोडिएको छ, यसको छानविन हुनुपर्छ । सभामुखबाट छानविनको अपेक्षा गरेका छौँ ।’

सांसद बडूले कुलिङ पिरियडबारे भएको जालझेलको निष्पक्ष छानविन हुनुपर्ने बताउनु भयो ।