१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

कुलिङ पिरियडमा भएको चलखेलले जनतासामु सांसदहरुको स्तर गुमेको छः सांसद पाण्डे

कुलिङ पिरियडमा भएको चलखेलले जनतासामु सांसदहरुको स्तर गुमेको छः सांसद पाण्डे
अ अ+ अ-

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेलले जनतासामु सांसदहरुको स्तर गिरेको बताउनुभएको छ ।

बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यो त्रुटी नभइ बद्मासी भएको र यसको निष्पक्ष छानविन हुनुपर्ने माग गर्नुभयो । उहाँले अहिले सांसदको लोगो लगाएर हिँड्दा जनताले पढ्दै नपढी ताली बजाउनेले के ऐन बनाउँछन् भन्ने गरेको बताउनु भयो । जनस्तरमा सांसदप्रतिको विश्वसनियता गुमेको बताउनु भयो । उहाँले राष्ट्रिय सभाबाट यसलाई सुधार गरेर अघि बढाउनुपर्ने बताउनु भयो । संलग्नहरुले कारबाही भोग्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो त्रुटी हो की बद्मासी हो ? षड्यन्त्र हो । यो के हो । सचिवज्युसँग सोध्दा त्रुटी भयो भन्नुहुन्छ । यो गम्भीर गल्ती हो । उहाँहरु कतैबाट गाइड भएर पठाउनुभयो की समितिले दिएको कुरा पठाउनुभयो । यसको राम्रो छानविन हुन जरुरी छ । यो छानविन भएन गम्भीर समस्या ल्याउँछ । अहिले सांसदको लोगो लगाएर हिँड्दा के ऐन बनाउँछन्, पढ्दा पनि रहेनछन् । त्यसै पास भन्दा रहेछन् । यिउ भेडा बाख्रा जस्ता रहेछन् । हाम्रो बारेमा जनताले गर्ने टिप्पणी नै यही हो अहिले । हाम्रो विश्वसनियतामा अत्यन्तै ठूलो ह्रास आएको छ । हामी अविश्वासी भएका छौँ ।’

सांसद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेलले प्रणालीको बारेमा बोल्ने कुरालाई मद्दत गरेको बताउनु भयो ।