२५ असार २०८२, बुधबार
,
Latest
काठमाडौंको गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तहभन्दा माथि, सचेत रहन आग्रह रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन रामकुमारी झाँक्रीलाई सात दिनभित्र लिखित आत्मालोचना गर्न नेकपा एसको निर्देशन सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, कानुन संशोधन गर्न ३ सदस्यीय कार्यदल गठन, आन्दोलनका सबै कार्यक्रम… टिमुरे खोलाबाट बगाएका प्रहरीमध्ये एकको शव चितवनमा भेटियो, दुई अझै बेपत्ता रसुवागढी बाढीमा बेपत्ताहरुको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन हुम्लामा एम्बुलेन्स दुर्घटना, चालक गम्भीर घाइते गायक राजेशपायलमाथि पूर्वपत्नीको यौन हिंसा आरोप नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा रिहा गर्ने आदेश झाँक्रीलाई समाजवादीको अल्टिमेटम : ७ दिनभित्र स्पष्टीकरण, नत्र निष्कासन सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलिङ पिरियडमा भएको चलखेलले जनतासामु सांसदहरुको स्तर गुमेको छः सांसद पाण्डे



अ+ अ-

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेलले जनतासामु सांसदहरुको स्तर गिरेको बताउनुभएको छ ।

बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यो त्रुटी नभइ बद्मासी भएको र यसको निष्पक्ष छानविन हुनुपर्ने माग गर्नुभयो । उहाँले अहिले सांसदको लोगो लगाएर हिँड्दा जनताले पढ्दै नपढी ताली बजाउनेले के ऐन बनाउँछन् भन्ने गरेको बताउनु भयो । जनस्तरमा सांसदप्रतिको विश्वसनियता गुमेको बताउनु भयो । उहाँले राष्ट्रिय सभाबाट यसलाई सुधार गरेर अघि बढाउनुपर्ने बताउनु भयो । संलग्नहरुले कारबाही भोग्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो त्रुटी हो की बद्मासी हो ? षड्यन्त्र हो । यो के हो । सचिवज्युसँग सोध्दा त्रुटी भयो भन्नुहुन्छ । यो गम्भीर गल्ती हो । उहाँहरु कतैबाट गाइड भएर पठाउनुभयो की समितिले दिएको कुरा पठाउनुभयो । यसको राम्रो छानविन हुन जरुरी छ । यो छानविन भएन गम्भीर समस्या ल्याउँछ । अहिले सांसदको लोगो लगाएर हिँड्दा के ऐन बनाउँछन्, पढ्दा पनि रहेनछन् । त्यसै पास भन्दा रहेछन् । यिउ भेडा बाख्रा जस्ता रहेछन् । हाम्रो बारेमा जनताले गर्ने टिप्पणी नै यही हो अहिले । हाम्रो विश्वसनियतामा अत्यन्तै ठूलो ह्रास आएको छ । हामी अविश्वासी भएका छौँ ।’

सांसद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेलले प्रणालीको बारेमा बोल्ने कुरालाई मद्दत गरेको बताउनु भयो ।