२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यका वरपरका ट्रेकिङ रुट थप व्यवस्थित गरौँः सांसद जबरा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस सांसद उदय समशेर जबराले टे«किङ एड्भेन्चियर टुरिजम नेपालको निम्ति पहिलो प्राथमिकतामा पर्दै आएको बताउनुभएको छ ।

बुधवारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बतउनुभएको हो । उहाँले यसलाई अझ व्यवस्थित गर्न जरुरी रहेको बताउनु भयो । उहाँले एभरेष्ट बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्प, गोसाईकुण्ड, लाङटाङ भ्यालीलाई अझ बढी व्यवस्थित बनाउन आग्रह गर्नुभयो । भारत र चिनियाँ पर्यटकलाई लक्षित गरेर पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले टे«किङ एड्भेन्चियर टुरिजम नेपालको निम्ति एक नम्बरको प्राथमिकतामा परेको सबैभन्दा बढी टुरिस्टहरु पनि यही कारण आउने गरेका छन् । यो टे«किङ जानको निम्ति चार वटा प्रायोरिटी छ । एभरेष्ट बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्प, गोसाईकुण्ड, लाङटाङ भ्याली नै हुन् । कतिपय टुरिस्टहरु नेपालमा आएर हाइकिङ जाने चाहना छ । विशेष गरेर भारत र चिनियाँ पर्यटकको । उहाँहरुसँग समय हुँदैन । काठमाडौं आइसकेर एभरेस्ट बेसक्याम्प गएर फर्किनको निम्ति उहाँहरुले तीनदेखि ४ हप्ताको बिदा लिदएर आउनुपर्छ ।’

सांसद जबराले उपत्यका वरपर निर्माण भएका ट्रेकिङ रुटलाई थप व्यवस्थित गर्न जरुरी रहेको बताउनु भयो ।