१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

स्थानीय पूर्वाधार विभागको जिम्मेवारी शहरी विकास मन्त्रालयले पाएकाले ग्रामिण क्षेत्रमा बजेट परेको होः उपप्रधानमन्त्री सिंह

स्थानीय पूर्वाधार विभागको जिम्मेवारी शहरी विकास मन्त्रालयले पाएकाले ग्रामिण क्षेत्रमा बजेट परेको होः उपप्रधानमन्त्री सिंह
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले आगामी आर्थिक वर्षका कार्यक्रमहरू ‘आयोजना वर्गीकरण मापदण्ड २०८०’ को दायरा भित्र रहेर बजेट विनियोजन गरिएको स्पष्ट पार्नुभएको छ ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रिपरिषद् निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको स्थानीय पूर्वाधार विभागको जिम्मेवारी शहरी विकास मन्त्रालयले पाएको कारण ग्रामिण विकासका आयोजनाको लागि समेत बजेट विनियोजन गरिएको स्पष्ट पार्नुभयो ।

ग्रामीण क्षेत्रका आयोजनामा समेत टुक्रे आयोजनाको लागि बजेट विनियोजन गरिएको भन्दै नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले मन्त्रालयको नाम ग्रामीण उत्थान तथा शहरी विकास मन्त्रालय राख्न सुझाव दिनुभएको थियो । उपप्रधानमन्त्री सिंहका अनुसार उक्त विभागअन्तर्गत ग्रामिण सडक लगायतका कार्यक्रमहरू विगतदेखि नै कार्यान्वयन हुँदै आएको हुँदा त्यस्ता कार्यक्रमका लागि बजेट विनियोजन हुनु स्वाभाविक रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘अगामी आर्थिक वर्षमा मन्त्रालयबाट कार्यान्वयन हुने कार्यक्रमहरुको हकमा आयोजना वर्गीकरण मापदण्ड २०८० को परिधिभित्र रहेर बजेट विनियोजन भएको यथार्थता समेत म अवगत गराउन चाहान्छु । माननीयहरुले शहरी विकास मन्त्रालयले ग्रामिण क्षेत्रसँग सम्बन्धीत कर्यक्रममा समेत बजेट विनियोजन गरेकोले यस मन्त्रालयको नाम परिवर्तन गरी मन्त्रालयको नाम शहरी विकास एवं ग्रामिण विकास राख्न सुझाव पेस भएमो सन्दर्भमा २०७९ साउन १९ को नेपाल सरकारको मन्त्रिपरिषदेको निर्णयपश्चात संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागको समेत जिम्मेवारी प्राप्त भएको हुँदा सो विभागअन्तर्गत विगतदेखि नै कार्यान्वयन हुँदै आएका ग्रामिण क्षेत्रसँग सम्बन्धी सडक लगायत कार्यक्रम संचालन हुँदै आएका छन् । यस मन्त्रालयको कार्यक्षेत्रभन्दा फरक साना सिंचाई कार्यक्रममा समेत बजेट विनियोजन भएको विषयमा विगतदेखि नै कार्यान्वयनमा रही सम्पन्न हुन बाँकी रहेको यथार्थतामा हाल शहरी विकास मन्त्रालयअन्तर्गत आएकोले त्यस्ता प्रकृतिका कार्यक्रममा बजेट विनियोजन भएको व्यहोरा अवगत गराउन चाहान्छु ।’

उहाँले साना सिँचाइजस्ता शहरी विकास मन्त्रालयको कार्यक्षेत्रभन्दा अलग विषयमा बजेट विनियोजन गरिएको प्रसंगमा उठेका प्रश्नको जवाफ दिँदै यस्ता कार्यक्रमहरू विगतदेखि नै संचालनमा रही अझै पूर्ण नभएको अवस्थामा मन्त्रालयको कार्यक्षेत्रमा आएका कारण बजेट विनियोजन गरिएको बताउनु भयो ।