२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रारालाई लेक सिटीको रुपमा विकास गरौँः सांसद जबरा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवलसमशेर जबराले रारालाई लेक सिटीको रुपमा विकास गर्न माग गर्नुभएको छ ।

बुधवारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो प्रश्ताव गर्नुभएको हो । उहाँले नेपालमा धेरै अवसर रहेको बताउँदै रारा क्षेत्रलाई लेक सिटी क्षेत्रको रुपमा विकास गर्न जरुरी रहेको बताउनु भयो । रारालाई लेक सिटीको रुपमा विकास गर्नसके कर्णालीको कायापलट हुने जिकिर गर्नुभयो । उहाँले भारतीय पर्यटकहरुलाई नेपालमा चोरको जस्तो व्यवहार गर्ने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कति अपच्र्युनिटी छ । रारालाई हामीले एउटा लेक सिटी डेभलप गर्न डिपिआर त गरौँ । अनि न इन्भेष्टरहरु आउँछ । यस्ता लङ टर्मकुराहरु धेरै असर पर्ने कुराहरु त्यो लेक सिटी रारा भयो भने त कर्णालीको कायापलट हुन्छ । ट्राइ त गरौँ । यस्तो ठूलो भिजनरी कुराहरु गर्नुपर्छ । हामी टुरिजम फ्रेण्ड्ली हामी छैनौँ । भारतीय गाडी चढेर नेपाल आउनुस् त डाका आए जस्तो गर्दछन् । चोर्न आएको जस्तो गर्दछन् ।’

सांसद जबराले भारत र चीनका पर्यटक भित्र्याउनसके अन्य देशहरुलाई हेर्न नपर्ने बताउनु भयो ।