२५ असार २०८२, बुधबार
,
Latest
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन रामकुमारी झाँक्रीलाई सात दिनभित्र लिखित आत्मालोचना गर्न नेकपा एसको निर्देशन सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, कानुन संशोधन गर्न ३ सदस्यीय कार्यदल गठन, आन्दोलनका सबै कार्यक्रम… टिमुरे खोलाबाट बगाएका प्रहरीमध्ये एकको शव चितवनमा भेटियो, दुई अझै बेपत्ता रसुवागढी बाढीमा बेपत्ताहरुको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन हुम्लामा एम्बुलेन्स दुर्घटना, चालक गम्भीर घाइते गायक राजेशपायलमाथि पूर्वपत्नीको यौन हिंसा आरोप नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा रिहा गर्ने आदेश झाँक्रीलाई समाजवादीको अल्टिमेटम : ७ दिनभित्र स्पष्टीकरण, नत्र निष्कासन सम्भावना आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य एवं कांग्रेस बाराका पूर्वजिल्ला सचिव रामअयोध्याप्रसाद यादवको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

यादवको गए राति ७२ वर्षको उमेरमा वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । स्व यादवले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नुभएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहिरहने उहाँले उल्लेख गर्नुभयो ।

बाराको सुवर्ण गाउँपालिका–२ निवासी यादव लामो समयदेखि मधुमेहबाट पीडित हुनुहुन्थ्यो । विसं २०७० को संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं १ बाट उहाँ निर्वाचित हुनुभएको थियो । यादवले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनबाट कांग्रेसले एक अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको जनाएको छ ।