८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

नेतान्याहुको भ्रमणअघि गाजामा ६० दिनको युद्धविराम सम्झौता गर्न ट्रम्पको आग्रह

नेतान्याहुको भ्रमणअघि गाजामा ६० दिनको युद्धविराम सम्झौता गर्न ट्रम्पको आग्रह
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु ।
अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार हमासलाई गाजामा ६० दिने युद्धविराम स्वीकार गर्न आग्रह गर्नुभएको छ । इजरायलले यस्तो सम्झौतालाई अन्तिम रूप दिन सहमति जनाएको भन्दै उहाँले त्यस्तो आग्रह गर्नुभएको हो । यद्यपि इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रमा आफ्ना अपरेसनहरू तीव्र पारेको छ ।

अर्को हप्ता प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको वासिङ्टन भ्रमणअघि आफ्ना प्रतिनिधिहरूले बढ्दो द्वन्द्वका बारेमा इजरायली अधिकारीहरूसँग भेट गरेको सामाजिक सञ्जालमा पोस्टमा ट्रम्पले बताउनुभएको छ ।

“इजरायलले ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको छ, यस अवधिमा हामी युद्ध अन्त्य गर्न सबै पक्षहरूसँग मिलेर काम गर्नेछौँ”, ट्रम्पले लेख्नुभएको छ ।

उहाँले द्वन्द्वमा मध्यस्थता गर्ने कतार र इजिप्टका प्रतिनिधिहरूले ‘यो अन्तिम प्रस्ताव’ पुर्‍याउने बताउनुभयो ।

“म आशा गर्दछु, मध्यपूर्वको हितका लागि हमासले यो सम्झौता स्वीकार गर्छ किनभने यो राम्रो हुनेछैन–यो खराब मात्र हुनेछ”, उहाँले लेख्नुभयो ।

यसअघि मङ्गलबार ट्रम्पले जुलाई ७ मा नेतान्याहुसँग भेट हुँदा उहाँ ‘धेरै कडा’ हुने बताउनुभएको थियो ।

तेहरानका आणविक साइटहरूमा अमेरिकी बमबारी मिसनपछि भएको इजरायलको इरानसँगको १२ दिने युद्धको अन्त्यले सम्झौताका लागि अवसरको ढोका प्रदान गरेको छ । ट्रम्प हालैका शान्ति सम्झौताहरूको शृङ्खलामा अर्को शान्ति सम्झौता थप्न इच्छुक हुनुहुन्छ ।

यसैबीच इजरायलको अभियान जारी रहेको छ । गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार इजरायली सेनाले कम्तीमा २६ जनाको हत्या गरेको रिपोर्ट गरेको छ ।

गाजा क्षेत्रको उत्तर र दक्षिणमा घातक आक्रमणको रिपोर्टको प्रतिक्रियामा इजरायली सेनाले यो ‘हमासको सैन्य क्षमताहरू नष्ट गर्न सञ्चालन गरिरहेको’ बताएको छ ।

छुट्टै इजरायली सेनाले मङ्गलबार बिहान हालैका दिनहरूमा यसले ‘गाजा पट्टीभित्रका थप क्षेत्रहरूमा आफ्नो कारबाही विस्तार गरेको, दर्जनौँ आतङ्ककारीहरूलाई नष्ट गरेको र जमिन माथि र तल दुवै सयौँ आतङ्ककारी पूर्वाधार स्थलहरू ध्वस्त पारेको’ बताएको छ ।

“गत हप्तामा हवाई आक्रमण र गोलाबारी बढेको छ, र ट्याङ्कहरू अगाडि बढिरहेका छन्”, गाजा सहरको सुजैया जिल्लाका ३९ वर्षीय राफत हालेसले भन्नुभयो, “मलाई विश्वास छ कि प्रत्येक पटक वार्ता वा सम्भावित युद्धविरामको उल्लेख गर्दा सेनाले जमिनमा अपराध र नरसंहार बढाउँछ, मलाई थाहा छैन किन ।”

एएफपी फोटोग्राफरहरूले दक्षिणी इजरायलको गाजा सीमामा इजरायली ट्याङ्कहरू तैनाथ गरेको र गाजा सहरमा ध्वस्त घरको भग्नावशेषबाट बालबालिकाहरू खोजिरहेको देखेका छन् ।

अरूले मध्य गाजाको देइर अल–बलाहको सहरको अल–सिफा अस्पताल र अल–अक्सा अस्पतालमा आफन्तहरूको शवमा शोक मनाउँदै प्यालेस्टिनीहरूको फोटो खिचेका थिए ।

सहायता खोज्नेहरू मारिए

गाजाका केही कार्यरत चिकित्सा सुविधाहरू भरिएका छन् भन्दै रेडक्रसले करिब सबै सार्वजनिक अस्पतालहरू आपूर्तिमा ‘महिनौँको शत्रुता र प्रतिबन्धहरूद्वारा बन्द वा नष्ट भएका छन’ भनी चेतावनी दिएको छ ।

“विगत ३६ घण्टामा गाजा सहर र जबलियामा बढ्दो शत्रुताबाट दर्जनौँ सर्वसाधारणको मृत्यु र घाइते भएको भन्दै अन्तर्राष्ट्रिय रेडक्रस समिति निकै चिन्तित छ”, आइसिआरसीले एक विज्ञप्तिमा भन्यो ।

गाजाको नागरिक सुरक्षा सेवाले मङ्गलबार मध्य र दक्षिणी गाजामा सहायता वितरण स्थलहरू नजिकै १६ जनाको मृत्यु भएको, पछिल्लो समयमा खाना खोज्नेहरूमाथि घातक आक्रमण भएको र अन्य इजरायली अपरेसनहरूमा अन्य १० जनाको मृत्यु भएको बताएको छ ।

घटनामा टिप्पणी गर्दै इजरायली सेनाले ‘सेना नजिक आएका संदिग्धहरूलाई टाढा राख्न चेतावनी फायर गरेको’, कुनै घाइते भएको बारेमा जानकारी नभएको तर घटनाहरूको समीक्षा गर्ने बताएको छ ।

रफाहमा भएको एउटा घटनाको उल्लेख गर्दै सेनाले गोली ‘सहायता वितरण स्थलबाट सयौँ मिटर टाढा’ फायर गरिएको र उक्त वितरण स्थल ‘सञ्चालन भइरहेको थिएन’ भनेको छ ।

सहायता संस्थाहरूको आग्रह

एक सय ६९ सहायता संस्थाको समूहले सोमबार गाजाको ‘घातक’ नयाँ अमेरिकी र इजरायली समर्थित सहायता वितरण योजनाको अन्त्य गर्न आह्वान गरेको छ । समूहले नागरिकहरूको मृत्यु निम्त्याइरहेको बताएका छन् ।

इजरायलले हमाससँगको युद्धविराम वार्तामा गतिरोधका कारण गाजामा प्रवेश गर्ने मानवीय सहायतामा पूर्ण नाकाबन्दी लगाएकाले उनीहरूले मार्चसम्म अवस्थित संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा रहेको सहायता व्यवस्थामा फर्कन आग्रह गरेका छन् ।

नयाँ योजनाको प्रशासक, गाजा ह्युमेनिटेरियन फाउन्डेसन (जिएचएफ) ले आफ्ना केन्द्रहरू नजिकै सहायता खोज्नेहरूको हत्या भएको खबरबाट आफूलाई टाढा राखेको छ ।

नेतान्याहुको अमेरिकी भ्रमण

गाजामा विनाशकारी लडाइँ अन्त्य गर्न र बाँकी बन्धकहरूलाई घर ल्याउन बढ्दो दबाबका बीच नेतान्याहुले अर्को हप्ता ट्रम्प र वरिष्ठ अमेरिकी सुरक्षा अधिकारीहरूलाई भेट्ने घोषणा गर्नुभएको छ ।

फ्लोरिडाको एक आप्रवासी हिरासत केन्द्रको भ्रमण गर्दा ट्रम्पले नेतान्याहु ‘यसलाई पनि अन्त्य गर्न चाहनुहुन्छ’ भन्नुभयो ।

“यदि यसले युद्धको अन्त्य र स्थायी युद्धविराम र कब्जा गर्ने सेनाहरूको पूर्ण फिर्ती निम्त्याउँछ भने समूह कुनै पनि प्रस्तावमा सहमत हुन तयार छ”, हमासका अधिकारी ताहेर अल–नुनुले भन्नुभयो, “अहिलेसम्म कुनै सफलता प्राप्त भएको छैन ।”