१ भाद्र २०८३, सोमबार
,
Latest
सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य देशभर मनसुनी वायुको प्रभाव लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम भारतीय प्रधानसेनापति सेठलाई आज नेपालको मानार्थ महारथीको दर्जा प्रदान गरिदै बडीमालिका पूजा आजदेखि प्रारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमान्तकृत समुदायका मुद्दा उठानमा अभिप्रेरित गर्न क्षमता अभिवृद्धिमा जोड



अ+ अ-

काठमाडौँ। सीमान्तकृत समुदायलाई विकासको मूलप्रवाहमा ल्याउन अभिप्रेरित गर्न क्षमता अभिवृद्धिमा जोड दिनुपर्नेमा जोड दिइएको छ ।

एकता फाउण्डेसन नेपालको आयोजना र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहकार्यमा आज यहाँ आयोजित सामाजिक मुद्दा उठानसम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रममा यस्तो जोड दिइएको हो ।

कार्यक्रममा सञ्चारविज्ञ रघु मैनालीले बागमती प्रदेशमा क्रियाशील पत्रकारलाई प्रशिक्षणसमेत दिनुभयो । उहाँले सीमान्तकृत समुदायलाई विकासको मूलप्रवाहमा ल्याउन पत्रकारिताले अहम् भूमिका निर्वाह गर्ने हुँदा यस क्षेत्रमा संवेदनशीलता आवश्यक रहेको बताउनुभयो ।

सामाजिक न्याय र समावेशिता प्रवर्द्धनका लागि पत्रकारहरूले गर्दै आएका अभ्यासबारे प्रष्ट पार्दै मैनालीले मुद्दा उठानको कला र ज्ञानसम्बन्धी प्रकाशन पार्नुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रित सचिव प्रकाश धौलाकोटीले दलित, महिला र सीमान्तकृत समुदायका मुद्दालाई मूलधारका सञ्चारमाध्यमले उचित स्थान नदिएको बताउनुभयो । कतिपय निकै ठूला मुद्दालाई साना मिडियाले समेटे पनि मूलधारका सञ्चारमाध्यमले बेवास्ता गर्ने गरेको उहाँले सुनाउनुभयो ।

फाउण्डेसनका अध्यक्ष रामहरि शाहीले व्यवस्था परिवर्तनका लागि योगदान गरेका पत्रकारहरूले सामाजिक न्याय र समावेशीता प्रवर्द्धनका लागि निरन्तर निगरानी गरिरहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागी पत्रकारहरूले सामाजिक मुद्दामा समाचार लेखनमा सामाजिक तथा आर्थिकलगायत थुप्रै चुनौतीको सामना गर्नुपर्ने अनुभव सुनाएका थिए । रासस