१ भाद्र २०८३, सोमबार
,
Latest
सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य देशभर मनसुनी वायुको प्रभाव लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम भारतीय प्रधानसेनापति सेठलाई आज नेपालको मानार्थ महारथीको दर्जा प्रदान गरिदै बडीमालिका पूजा आजदेखि प्रारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेशमै उद्यम सुरु गरेका सुर्खेतका ढकाललाई संघीय सरकारद्वारा ७५ हजारसहित सम्मान



अ+ अ-

सुर्खेत। वैदेशिक रोजगारबाट फर्किएर नेपालमै व्यवसाय सञ्चालन गर्दै आएका सुर्खेतका लक्ष्मीप्रसाद ढकाललाई संघीय सरकारले राष्ट्रिय सम्मान प्रदान गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित कार्यक्रममा मन्त्री सरदसिंह भण्डारीले उनलाई नगदसहितको पुरस्कार प्रदान गर्दै सम्मानित गरेका हुन्।

मन्त्रालयले विदेशबाट फर्किएर स्वदेशमा उद्यमशीलता विकासमा योगदान पुर्‍याउने व्यक्तिहरूको पहिचान गर्दै उनीहरूलाई प्रोत्साहनस्वरूप सम्मान गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको हो। यसै क्रममा ढकाललाई उत्कृष्ट उद्यमीका रूपमा चयन गरिएको हो।

ढकाल सुर्खेतमा सञ्चालित देउती होजियारी उद्योग र ऐन ट्रेडिङ सेन्टर प्रा.लि.का सञ्चालक हुन्। उनले नेपालमै स्वरोजगार सिर्जना गर्दै अन्य युवाहरूका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्।

उक्त सम्मानसहित ढकालले नगद ७५ हजार रुपैयाँ प्राप्त गरेका छन्। मन्त्रालयले यो पुरस्कारका लागि देशभरबाट आवेदन आह्वान गरेको थियो, जसमा ७२ जना आवेदक सहभागी भएका थिए। छनोट प्रक्रियाका विभिन्न चरण पार गर्दै कर्णाली प्रदेशबाट ढकाल अन्तिम सूचीमा पर्न सफल भएका हुन्।

सरकारको यो पहलले विदेश जानु नै एकमात्र विकल्प होइन, स्वदेशमै सिर्जनशील सोच र मेहनतबाट आत्मनिर्भर बन्न सकिने स्पष्ट सन्देश दिएको छ।