२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’

राष्ट्रियसभा निर्वाचनमा ओलीले हार स्वीकारेः माधव नेपाल

राष्ट्रियसभा निर्वाचनमा ओलीले हार स्वीकारेः माधव नेपाल
अ अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताउनु भएको छ । 

पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा ओलीले हार स्विकार गरेको बताउनु भएको हो । 

एमाले अध्यक्ष ओलीले शुक्रबार पार्टीका जिल्लाहरुको अधिवेशन उद्घाटनका क्रममा ‘राष्ट्रियसभा निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल आउन सक्ने’ बताउनु भएको थियो । सोही भनाईलाई उधृत गर्दै अध्यक्ष नेपालले ओलीले आफ्नो दम्भी स्वभाव विपरित राष्ट्रियसभाको निर्वाचनमा आफ्नो पार्टीको पराजय निश्चित् छ भनेर भाषणमै स्विकार गरेको टिप्पणी गर्नु भयो । 

उहाँले ओलीले देशभर एकसाथ जिल्लाहरुको अधिवेशन उद्घाटन गरेर नयाँ नेतृत्व स्थापित हुन नदिएको आरोप समेत लगाउनु भयो । जिल्लाजिल्लामा गरेको भए नेताहरु जाने, सम्बोधन गर्ने अवसर हुने र त्यसले नेतृत्व स्थापित हुने अध्यक्ष नेपालको भनाई थियो । तर त्यो पद्धति ओली समूहमा नरहेको अध्यक्ष नेपालले बताउनु भयो । 

उहाँले ओलीसँग आलोचनात्मक चेत भएका, सिद्धान्तनिष्ट कार्यकर्ताहरु नभएको दावी पनि गर्नु भयो  । अध्यक्ष नेपालले उनीसँग देवत्वकरण गर्ने मानिसहरु मात्रै रहेको र अन्य मानिसहरु विद्रोह गरेर आफ्नो पार्टीमा प्रवेश गरिरहेको दोहो¥याउनु भयो । उहाँले भन्नु भयो, ‘आज तपाईहरुले सुन्नु भएको होला–केपी ओलीको एउटा भाषण । त्यो भाषणमा अव राष्ट्रियसभाको चुनावमा हाम्रो पराजय निश्चित् छ भनेर स्विकार गरिएको छ । सुन्नु भयो, हैन ? हार स्विकार गरेका छन । पराजय स्विकार गरेका छन । तर कसरी स्विकार गरे होला ? त्यो दम्भी स्वभावले त दिँदैन । त्यो स्वभाव कस्तो छ भन्दाखेरी नयाँ नेतृत्व विकास गर्नै नदिने । ७७ जिल्लामा एकैचोटी जिल्ला अधिवेशन उद्घाटन गर्ने । देशैभरी एकैचोटी । यसले के हुन्छ, थाहा छ ? नयाँ नेतृत्व स्थापित हुँदैन । 

जिल्लाजिल्लामा जिम्मा दिएको भए, त्यहाँ नेतृत्व जाने थियो । सम्बोधन गर्ने थियो । कार्यकर्ता भेला गर्ने थियो । कार्यकर्तालाई परिचालित गर्ने थिए । सबैले विषयबस्तुहरु प्रस्तुत गर्ने थिए । अनि नेतृत्व स्थापित पनि हुने थियो । तर त्यसो गर्ने पद्धति नै त्यो समूहमा छैन । एकल नेतृत्व । नेताको देवत्वकरण । देवत्वकरण, उनीलाई देउताजस्तो मान्ने । नेतालाई देउवा बनाउनेलाई देवत्वकरण भनिन्छ । देवत्वकरण भईसकेपछि त्यो देउताको वरीपरी पूजकहरुमात्रै बस्ने । भजनभण्डली । देउताको त भजन गर्नु प¥यो नि । भजनमण्डली । त्यहाँ सिद्धान्तनिष्ट कार्यकर्ताहरु छैनन् । आलोचनात्मक चेत भएका मानिसहरु छैनन् । 

विश्लेषण गर्न सक्ने खुवी भएका मानिसहरु ती हैनन् । ठिक र बेठिक । सही र गलत छुट्टयाउने सक्ने खुवी र क्षमता भएका मानिसहरु होईनन् । बौद्धिकताको विकास गर्ने, आधुनिक ज्ञान र चेतना हासिल गर्ने त्यस्ता व्यक्तिहरु होईनन । त्यहाँ पूजक प्रवृत्ति बोकेकाहरु, हनुमान प्रवृत्ति भएकाहरु, अझै भनौं गणेश प्रवृत्ति भएकाहरुलाई मात्रै त्यहाँ ठाउँ छ । त्यसो हुनाले त्यो समूह भित्र विद्रोह भईरहेको छ ।’

अध्यक्ष नेपालले जनताको जीवन परिवर्तन गर्नका लागि आफ्नो पार्टी स्थापना गरेको बताउनु भयो । उहाँले जनताको जीवनमा परिवर्तन ल्याउने गरी आचरण र व्यवहार देखाउन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो  ।