६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट परम्परागत शैलीको छ, मुलुकको समग्र विकासमा सहयोग गर्दैनः माओवादी सांसद बिष्ट



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर बिष्टले आगामी आर्थिक वर्षको बजेट परम्परागत शैलीमा आएको भन्दै यसले मुलुकको सम्रग विकासमा सहयोग नगर्ने टिप्पणी गर्नुभएको छ ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद बिष्टले सरकारले बजेट निर्माणमा आधुनिक सोच र नवीनता ल्याउन नसकेको आरोप लगाउनु भयो । बजेटमार्फत विकासको आधुनिक मोडलका साथ अगाडि नबढेसम्म मुलुकको विकास र समृद्धि सम्भव नभएको उहाँको भनाइ छ । सांसद विष्टले मन्त्रालयगत विनियोजन समेत सन्तुलित नभएको टिप्पणी गर्नुभयो । उहाँले केही नेता र मन्त्रीको निर्वाचन क्षेत्रमा बजेट खन्याइएको समेत आरोप लगाउनु भयो । उहाँले अर्थमन्त्रीलाई ३६५ निर्वाचन क्षेत्रमध्ये ५ वटा क्षेत्रबाट मात्रै मन्त्री बन्न सक्नुहुन्छ ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले जहिलेसम्म बजेट विनियोजनमा आधुनिकता र नयाँपन दिँदैनौँ तबसम्म परम्परागत बजेटले कहिले पनि देशको समग्रता विकास गर्न सक्दैन । राम्रो कामको निरन्तरता दिनसक्ने क्षमताको विकास कहिले गर्नसक्छ सरकारले? कसैले राम्रो कामको सुरुवात गरेको थियो भने त्यसलाई निरन्तरता दिनुपर्छ कि रोक्नुपर्छ । यो मुख्य प्रश्न हो अहिलेको । तीन करोडमुनीका योजनाहरु नराख्ने अर्थमन्त्रीज्युले भन्नुभयो । तर २० लाखका पनि योजना आएकै देखियो । आज अर्थमन्त्रीज्यूलाई भन्न चाहन्छु, यो देशमा रहेका ३६५ निर्वाचन क्षेत्रमध्ये ५ वटा निर्वाचन क्षेत्रबाट मात्र तपाई मन्त्री बन्न सक्नुहुन्छ ? यो मैले सोधेको होइन । प्रतिनिधि सभाको बैठकमा सत्तापक्षकै साथिहरुले भन्नु भएको हो ।  ’

राजनीतिक पूर्वाग्रहीका आधारमा बजेट विनियोजन गरिएके समेत उहाँको आरोप छ ।