२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाैबीस घण्टामा ३३१ जनामा कोरोना संक्रमण, अब दैनिक १० हजारकाे पीसीआर टेस्ट



अ+ अ-

काठमाडाैंः नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ३१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो । जसमध्ये ४९ जना महिला र २ सय ८२ जना पुरुष रहेका छन् । यससँगै कुल संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ । कुल संक्रमित व्यक्तिहरु मध्ये ७ सय ५६ जना महिला र ७ हजार ८ सय ४९ जना पुरुष रहेका छन् ।

कूल संक्रमितमध्ये हालसम्म २२ जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भइसकेकाे छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १८ जना महिला र १ सय ५८ जना पुरुष सहित कुल १ सय ७६ जना निको भएर घर फर्किएका छन् । यससँगै अहिले सम्म कुल डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ७८ पुगेको छ जसमध्ये १ सय ४१ म्हिला र १ हजार ४ सय २७ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १६ पीसीआर परिक्षण भएको छ । यो सँगै अहिलेसम्म कुल १ लाख ६९ हजार १ सय ६५ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ४ सय २६ गरी आजसम्म कुल २ लाख ५२ हजार ३ सय परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार शनिबार देशभर १ लाख २ हजार २ सय ४५ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ७ हजार ५ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

अहिलेसम्म कुल ७४ जिल्लामा कोभिड १९को संक्रमण फैलिएको छ ।

 

स्वास्थ्यमन्त्री भन्नुहुन्छ, अब दैनिक १० हजार पीसीआर टेस्ट

सरकारले प्रदेश प्रयोगशालाको क्षमता क्षमता वृद्धि गर्दै जनशक्ति थप गरी प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने तयारी गरेको छ ।

नीजि प्रयोगशाला र प्रदेशमा स्थापना भएका प्रयोगशालाको क्षमता विस्तार गरी सरकारले प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने तयारी गरेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले असार १५ भित्र प्रतिदिन १० हजारको परीक्षण गर्ने तयारी स्वरुप काम भइरहेका बताउनुभो । जनशक्ति व्यवस्थान, ल्याबलाई २४ घण्टा सञ्चालन गर्ने र नीजि क्षेत्रबाट परीक्षण गर्नेगरी तयारी अगाडी बढाइएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘जनशक्ति व्यवस्थापन, ल्याबहरुलाई २४ घण्टा सञ्चालन गर्ने, नीजि क्षेत्रबाट गरी १० हजारको परीक्षण गर्न सकिन्छ ।’’ मन्त्री ढकालले प्रतिप्रदेशबाट १ हजारका दरले र नीजि क्षेत्रबाट ३ हजारका दरले प्रतिदिन परीक्षण हुने बताउनुभयो ।

मन्त्री ढकालले स्वास्थ्य सामग्री खरिदमा कुनै अनियमितता नभएको बताउनुभएको छ । अनियमितता भएको आशंकामा संसदको लेखा समितिले सोमबार जवाफ दिन खरिद प्रकृयामा संलग्न व्यक्तिहरुलाई बोलाएको छ । त्यअघि नै शनिबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री ढकालले सबै खरिद प्रकृया विधिअनुसार नै भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यसलाई धेरै दोहो¥याउनु परेन । कानून सबैलाई थाहा छ । पछिल्लो पटक पनि मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर विशेष अवस्थामा खरिद गर्ने भनिएको हो । विधि जे हो त्यहीबाट गर्ने भनेका छौँ । तर प्रकृयाका लागि लाग्ने दिनलाई सहजीकरण गरेका छौँ । किनकी महामारीको समयमा यत्तिकै सामान पाइदैन भने २१—२१ दिन कुरेर विधि पु¥याउन गाह्रो छ भनेर २, ३ दिनमा ल्याउने भनेर विधि पु¥याइएको हो । तर विधि, प्रकृया र ऐन कानूनमा कुनै परिवर्तन छैन् । महानिर्देशकले सम्पूर्ण अधिकारको प्रयोग गर्नुहुन्छ । अहिले सम्मको हाम्रो विधि र प्रकृया यहि हो ।’’

मन्त्री ढकालले विदेशबाट आउनेहरुको हकमा एउटा जहाजमा आउने सबैको पीसीआर परीक्षण गरेको सात दिन नपुगेको भए सबैलाई होम क्वारेन्टाइनमा पठाइने बताउनुभयो । यद्यपी जहाजमा आउने मध्ये एक जनाको मात्रै पनि पीसीआर परीक्षण नभएको अवस्थामा सबैलाई १४ दिन क्वारेन्टाइनमा राखिने उहाँले बताउनुभयो ।