३० भाद्र २०८३, मंगलवार
,
Latest
पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सकारात्मक: अध्यक्ष ढकाल मुस्ताङमा आजदेखि जलवायु सम्मेलन पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कञ्चनपुर अध्यक्षमा तीन जना आकांक्षी



अ+ अ-

महेन्द्रनगर । नेकपा (एमाले) कञ्चनपुरको आठौँ जिल्ला अधिवेशन कञ्चनपुरको महेन्द्रनगरमा सुरु भएको छ । पार्टीको जिल्ला नेतृत्व चयनका लागि सुरु भएको अधिवेशनमा पाँच सयभन्दा बढी प्रतिनिधी सहभागी छन् । 

जिल्ला अध्यक्ष पदका लागि तीन जनाले आफ्नो प्रचारप्रसार गरिरहेका छन् । अध्यक्ष पदका लागि वर्तमान जिल्ला अध्यक्ष वीरबहादुर थापा, वर्तमान पार्टी सचिव एवं भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट र बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्द आकांक्षी देखिएका छन् । 

यस्तै पार्टीको जिल्ला सचिव पदमा रणबहादुर महरा र पल्लभराज भट्ट आकांशी हुनुहुन्छ । पार्टीको माथिल्लो तहले सहमतीमै जिल्ला कमिटी गठन गर्न सुझाव दिएको बताइएको छ । अधिवेशन उद्घाटन समारोहमा सांसदहरु डा दीपकाप्रकाश भट्ट, नरबहादुर धामी र निरुदेवी पालको सहभागी थियो ।