१ भाद्र २०८३, सोमबार
,
Latest
सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य देशभर मनसुनी वायुको प्रभाव लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम भारतीय प्रधानसेनापति सेठलाई आज नेपालको मानार्थ महारथीको दर्जा प्रदान गरिदै बडीमालिका पूजा आजदेखि प्रारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन कार्यालयद्वारा निःशुल्क बिरुवा वितरण



अ+ अ-

भादगाउँ। डिभिजन वन कार्यालय भक्तपुरले आजदेखि फलफुललगायतका बिरुवा निःशुल्क वितरण सुरु गरेको छ । डिभिजन वन कार्यालयले मध्यपुर थिमि–२ सानोथिमिस्थित कार्यालय परिसरमा रहेको नर्सरीबाट बिरुवा निःशुल्क वितरण सुरु गरेको हो ।

वन कार्यालयले आफ्नो नर्सरीमा उत्पादन भएका र नीजि नर्सरीबाट खरिद गरी ल्याएका करिब ३६ हजार बिरुवा निःशुल्क वितरण गरेको कार्यालयका सूचना अधिकारी प्रज्ञा पौडेलले बताउनुभयो ।

“हाम्रो नर्सरीमा भएका २७ प्रकारका बिरुवा वितरण सुरु गरेका छौँ,” उहाँले भन्नुभयो । वन कार्यालयले सानोथिमिस्थित नर्सरीमा अम्बा, धुपी, कल्की, अमला, कागती, कपुर, चाँप, इपिलिपी, मसला, ज्याकराण्डा, मयुरकल्की धुपी, जापानिज धुपी, तेजपात, रुख टमाटर, वेल, जापानिज असारे, गुलमोहर, कडिपत्ता, दाख, खोटे सल्ला, पारिजात, कोइरालो, रोजमेरी, दाँते ओखर, अनार सुन्तलालगायतका बिरुवा उत्पादन गरेको छ ।

यस्तै वन कार्यालयले पिकानट, मेकाडामिया, सुन कागती, ताइवानी अम्बा, एभोकाडो, नासपातीलगायतका फुलफुलका बिरुवा खरिद ल्याएका छन् । बिरुवा वितरणका लागि कुपनको व्यवस्था गरिएको सूचना अधिकारी पाण्डेले जानकारी दिनुभयो । “सेवाग्राहीको भीड व्यवस्थापनका लागि कुपनको व्यवस्था गरेका छौँ,” उहाँले भन्नुभयो ।

एक व्यक्तिलाई पाँच बिरुवा वितरण गर्ने व्यवस्था गरिएको छ । यसका साथै विभिन्न सरकारी निकाय, सामाजिक सङ््घसंस्थाले सामूहिक वृक्षारोपणका लागि माग गरेमा बिरुवा उपलब्ध गराउने व्यवस्था गरिएको उसूचना अधिकारी पाण्डेले बताउनुभयो ।  रासस