२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रालय अन्तर्गतका कर्मचारीहरुलाई खाजा भत्ता उपलब्ध गराउन गृहमन्त्री खाँडको अर्थमन्त्रालयसँग पहल



अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालय अन्तर्गतका ९–५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाहरुका कर्मचारीहरुलाई खाजा भत्ता उपलब्ध गराउन पहल गरिरहेको बताउनु भएको छ । 

गृह मन्त्रालयमातहतको नेपाल निजामती कर्मचारी युनियनको ८ औँ विभागीय अधिवेशनमा बोल्दै गृहमन्त्री खाँणले मन्त्रालय अन्तर्गतका ९–५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाहरुका कर्मचारीहरुलाई खाजा भत्ता उपलब्ध गराउन अर्थमन्त्रालयसँग पहल गरिरहेको बताउनु भएको हो । उहाँले सरकारी कार्यालयहरुमा काम गर्ने अवधि बढाएपछि ओभरटाइमको पैसा दिन नसकेपनि खाजा खाने व्यवस्था मिलाउनु पर्ने बताउनु भयो । उहाँले हाल नागरिकता, ई–पासपोर्टका लागि लाइन रहेको सन्दर्भमा केही जिल्लाहरुले कार्यालयको समयावधि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बढाएको बताउनु भयो ।

गृहमन्त्री खाँडले भन्नुभयो, ‘कतिपय जिल्ला प्रशासनले त्यहाँको जिल्ला प्रशासन कार्यालयमा १० देखि ४ सम्मको हाम्रो कार्यावधिलाई उहाँहरु आफैँले ९ देखि ५ बनाइदिनु भएको छ । हेर्दा सजिलो छ । १० बजे पुग्नलाई ९ बजे खानुपर्छ । ९ बजे पुग्नलाई ८ बजे नै खाना खानुपर्छ । अहिले अर्थमन्त्रालयसँग हामीले कुरा गरिरहेका छौँ।  राम्रो प्रश्ताव हो भनेको छ तर सहमति दिइसकेको छैन । कम्तिमा हामीले काम गर्ने समयावधि बढाउँदा सुरक्षा निकायहरुलाई, गृहमातहतका निकाहरुलाई ओभरटाइम नदिएपनि कम्तिमा खाजा खाने भत्ता त दिनुहोस् । सर्भिस डेलिभरी दिनुपर्‍यो । त्यसले जनताको समय पनि बच्छ । लाइनमा समय नलागेपछि उहाँहरुले उत्पादनमा काम गर्नुहुन्छ, उद्योग, व्यवसाय गर्नुहोला । त्यसैले अर्थमन्त्रालय यसमा उदार बनिदिनुहोस् ।’

गृहमन्त्री खाँडले कर्मचारीहरुलाई सरकारले सुविधा नदिए वा सरकार जनताप्रति उत्तरदायी हुन नसके कर्मचारीहरुले सरकारलाई सचेत गराउनु पर्ने बताउनु भयो । उहाँले सरकार र सरकारी कार्यालय सबैको साझा भएकोले सबैको सद्भाव हुने किसिमले काम गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिनुभयो । गृहमन्त्री खाँडले सरकारले गरेका काममा सुझाव र प्रतिक्रिया दिने काम कर्मचारीहरुको भएकोले जनताको माग बुझेर सरकारलाई दबाव दिन पनि आग्रह गर्नुभयो ।

गृहमन्त्री खाँडले भन्नुभयो, ‘हामीले गरेका निर्णयहरुमा तपाईहरुले सल्लाह दिने, सुझाव दिने दायित्व तपाईहरुको नै हो । तपाईहरुको सल्लाह, सुझावलाई गृहमन्त्रालय स्वागतको रुपमा लिन्छ । गृहमन्त्रालयमा रहेका सबै कर्मचारी संगठनप्रति हाम्रो सद्भाव छ । गृहमन्त्रालय सबैको साझा मन्त्रालय हो । कतिपय संगठनका साथीहरुसँग हाम्रो वैचाकिर निकटता पनि होला । कतिपयसँग सामाजिक सम्बन्ध बढ्ता होला । संवेदनशील रुपमा पनि होला । तथापी राज्य, सरकार, मन्त्रालय सबैको साझा हो । त्यही रुपमा नै आफूलाई अघि लैजानुपर्छ । मेरो आग्रह के छ भने कतिपय यस्ता संस्थाहरु छन्, सद्भाव सबैका लागि हुनुपर्दछ भन्ने मेरो आग्रह छ । कर्मचारी संगठन युनियन पनि कमन युनियन जस्तै हो । सबैको साझा युनियन हो । सरकारले सुविधा दिएन, सरकार जनताप्रति उत्तरदायी हुन सकेन भने त्यसमा तपाईहरुले सरकारलाई घच्घच्याउने कतिपय सन्दर्भमा माग राख्ने, कतिपय सन्दर्भमा सरकारलाई दबाव पनि दिने,तपाईहरुको दायित्व हो । यदि सरकारले कुनै निर्णय ग¥यो भने सबै काम सेवाका लागि हुने हो । त्यसका लागि सामूहिक भुमिका तपाईहरुले निर्वाह गर्नुपर्छ ।’

सरकारले कर्मचारी र कर्मचारीले सरकारलाई गालीगलौज गरेर मात्रै देशको विकास नहुने भन्दै भएका समस्याको समाधान गरेर अघि बढ्नु पर्ने बताउनु भयो ।